बिहिबार, बैशाख १३, २०८१

आज मानवअधिकार आयोगका पदाधिकारीहरुले सपथ लिदै

काठमाडौं कात्तिक ३, राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस भएका पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गर्ने भएका छन् । विगत १६ महिनादेखि humanरिक्त राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले राष्ट्रपति डा.रामबरण यादवले आज दिउँसो शीतल निवासमा पद तथा गोपनियताको पद तथा सपथ गराउने कार्यक्रम रहेको छ ।
गत असोज ३१ गते सबै आयोगमा सिफारिस भएका पदाधिकारी नाम संसदीय समितिले अनुमोदन गरेको थियो । सपथग्रहण दिउँसो दुई बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । संवैधानिक परिषदबाट सिफारिस गरिएका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरु प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेलले आज पद तथा गोपनियताको सपथग्रहण गरेपछि कार्यवाह सम्हाने भएको छ।