शनिबार, बैशाख ८, २०८१

आज नेपाली साहित्यका स्वच्छन्तावादी धाराका प्रवर्तक महाकवी देवकोटाको १०६ औँ जयन्ती मनाइदै

काठमाडौ कात्तिक ६, आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी laxmi-prasad-devkotaमनाइँदैछ ।  विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।

नेपाली साहित्यमा स्वच्छन्तावादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भएको पाइन्छ । महाकवि दवकोटाले तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नभएको थियो ।