बिहिबार, बैशाख १३, २०८१

आज देशभरि विभिन्न कार्यक्रम सहित विश्व हात धुने दिवस मनाइदै

काठमाडौं असोज २९, हात धोऔं, रोगबाट बचौ भन्ने नाराका साथ आज देशभरि विभिन्न कार्यक्रम सहित विश्व हात धुने दिवस मनाइदैछ । सन् २००८, अक्टोबर १५ child_washing_ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । साबुन पानीले मिचि मिचि हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ ।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने चिकित्सकहरु बताएका छन । दिवस अन्तर्गत देशभरका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्र्मी, बिरामीसहित अन्य व्यक्तिहरुले १० दिनसम्म हात धोएर मात्र आ–आफ्नो कार्य सञ्चालन गर्ने उल्लेख गरिएको छ ।