बिहिबार, बैशाख १३, २०८१

आज काँग्रेसको चियापान

काठमाडौ असोज २१, चियापान दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना गरिने छ । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले वि।सं। २०३५ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाइ नेपाली काँग्रेसले आज पनि निरन्त्रता दिने भएको छ । हरेक वर्षझैं आज कोजाग्रत पूर्णिमाको अवसरमा काँग्रेसले विपी स्मृति भवन सानेपामा चियापानको आयोजना गर्न लागेको हो ।

चियापानका लागि सबैमा कांग्रेसले आमन्त्रण गरेको जानकारी दिदै चियापानमा प्रमुख राजनीतिक दल, विदेशी कुटनीतिज्ञ, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, उद्योगी–व्यवसायीलगायत विभिन्न तहका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।