बिहिबार, बैशाख १३, २०८१

आजबाट नेपालको मौलिक संवत अर्थात ने.सं ११३५ को सुभारम्भ

काठमाडौ कात्तिक ७, राष्ट्रिय विभूति शङ्खधर साख्वाःले गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गरेको सम्झनामा सुरु गरिएको नेपालको आफ्नै मौलिकता बोकेको नेपाल सम्वत् ११३५ आजदेखि सुरुहुँदै छ । नेपाल संवत ११३५ को सुभारम्भको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा राजधानीका बसन्तपरबाट नेपाःया म्हसिका, नेपाःया गौरव राज्यं हे छ्यलेमाः, नेपाल संवत्, अर्थात यस वर्ष नेपालको पहिचान, नेपालको गौरव राज्यले नै प्रयोगमा ल्याउनुपर्छ भन्ने मुल नारा सहित सुरु हने सास्कृतिक -याली एवम् प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने विशेष सभा सहित देशैभरी विविध कार्यक्रम गरी नेपाल संवत ११३५ मनाइँदैछ ।