शुक्रबार, बैशाख ७, २०८१

अन्तत, संविधान लेखनका विवादित विषयको प्रक्रियागत निर्णय संविधानसभाबाटै

 

सहमति कायम गर्न भन्दै पटक पटक बसेको बैठक अनिर्णयको बन्धक

काठमाडौ असोज २१, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधान लेखनमा देखिएका विवादित विषयगत प्रसङगमा देखिएको विवादलाइ सम्बोधन images (1)गर्न विधानसभाले तोकेको समयसिमाको आज अन्तिम दिन प्रस्तवित विषयमा नितिगत सहमति कायम गर्न भन्दै पटक पटक बसेको बैठक अनिर्णयको बन्धक बन्दै अन्नतत विवादित विषयको निरुपनका लागि संविधानसभामा लैजाने निर्णय गदै टुङगिएको छ ।

समितिको आज दिनमा बसेको बैठकले कुनै निष्कष पहिल्याउँन नसके पछि पुन आजै साँझ बैठक बसेको थियो । तर प्रस्तुत बैठकमा पनि दलहरुको आआफ्नै अडानका कारण सहमतिको मार्ग पहिल्याउँन सकेनन । हुनत आज दिनमा भएको बैठक पछि समितिका सभापति डा । बाबुराम भट्टराईले सहमतिको अर्को विकल्प नरहे भन्दै राज्यको पुनःसंरचना, शासकीय स्वरूप जस्ता महत्वपूर्ण विषयमा सहमतिको नजिक नजिक पुगेको बैठकपछि पत्रकारहरुलाइ संक्षिप्त प्रतिक्रिया दिदै साँझको बैठकले नितिगत सहमति बनाउँने स आशा व्यक्त गरेका थिए । तर त्यसो हुँन सकेन ।

अन्तत राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीलगायतका मुख्य विषयमा भए गरेको सहमति तथा असहमतिको दुवैविषय सहित बुधबार बस्ने प्रक्रियागत निर्णयका लागि संविधानसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।