बुधबार, बैशाख १२, २०८१

अख्तियारद्वारा घुस लिँदै गरेका लेखा अधिकृतद्वय श्रीराम श्रेष्ठ र प्रकाश श्रेष्ठ पक्राउ

ललितपुर कात्तिक ५, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज खुमलटारस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको कार्यालय र राष्ट्रिय आलु अनुसन्धान akither-ko-logo1कार्यक्रमको कार्यालयमा छापा मारेर घुस लिँदै गरेका लेखा अधिकृतद्वय श्रीराम श्रेष्ठ र प्रकाश श्रेष्ठलाई पक्राउ गरेको छ ।  उनीहरूबाट दुई लाख पाँच हजार नगद बरामद गरिएको अख्तियारस्रोतले जनाएको छ ।

घुस मागे भनी सेवाग्राहीले दिएको सूचनाका आधारमा अख्तियारले छापा मारेको अख्तियारस्रोतले जनाएको छ । सेवाग्राहीबाट नगद लिएर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीरामले राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमका लेखाअधिकृत प्रकाशलाई राख्न दिएको अवस्थामा उनीहरू पक्राउ गरेका हुन् । दुवै लेखा अधिकृतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बुझिएको छ।