शनिबार, चैत्र १८, २०७९

हनुमानढोका दरवारक्षेत्रमा सवारी साधन र कार्यक्रम सञ्चालन गर्न रोक लगाइने

“संस्कती, सम्पदा र पहिचानको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान गरौ“
तपाईले नगरे कसले ? यहाँ नगरे कहाँ ? अहिले नगरे कहिले ?
”जनतालाई सम्मान र सेवा शुसासनलाई टेवा”

काठमाडौं कात्तिक ६, काठमाडौ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल हनुमानढोका दरवारक्षेत्रमा बढ्दो सवारी साधन आवत जावत, अव्यवस्थित पार्किङ्ग तथा उक्त क्षेत्रमा सभा समारोह लगायतका यावत कार्यक्रमहरुको आयोजनामा रोक लगाउँने भएको छ ।

दरवार क्षेत्रको सौन्दर्यतामा प्रतिकूल असर पर्नुका साथै प्राचीन, प्राकृतिक, ऐतिहासिक एवम् पुरातत्विक सम्पदाहरुको अवलोकन गर्न आउनु हुने विदेशी तथा स्वदेशी पाहुनाहरुलाई भ्रमण /अवलोकनमा बाधा पर्नुका साथै दरवार क्षेत्रको सम्बन्धमा अन्तराष्ट्रिय क्षेत्रमा समेत नकरात्मक सन्देश प्रवाह भएको भन्दै कामपाले आगामी कार्तिक १५ गतेदेखि यस क्षेत्रमा सवारी साधन आवत जावत तथा पार्किङ्गका साथै स्थानीय स्तरमा परम्परागत रुपमा हुदै आएका धार्मिक एवम् साँस्कृतिक कार्यक्रम बाहेकका अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने गरी पूर्णरुपमा निषेध गर्न लागेको महानगरपालिका अन्र्तगत सञ्चालित हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमख हरिकुमार श्रेष्ठले बताउँनु भएको छ ।

दरवार क्षेत्र संरक्षण कार्यक्रमकोतर्फबाट जारी प्रेस विज्ञप्तिमा विश्व सम्पदा सूचिमा सूचिकृत हनुमानढोका दरवारक्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको उल्लेख गर्दै विगतमा पनि यस किसिमको प्रयास भए पनि यो वा त्यो बहाना र राजनैतिक दवावका कारण पूर्णत अभियानलाइ कार्यान्वयन गर्न नसकेको पक्ष प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कात्र्तिकको दोस्रा साता देखि यस्ता किसिमका गतिविधि गर्न नदिईने उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा दरवार क्षेत्रको सौन्दर्यतामा प्रतिकूल प्रभाव पर्न नदिन, धार्मिक, साँस्कृतिक, क्षेत्रको गरिमा र महत्व कायम राख्न प्राचीन सम्पदाहरुको संरक्षण एवम् सम्वद्र्धन गर्न काठमाडौं महानगरपालिका हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रमले चाल्न लागेको यस महान कार्यमा स्थानीय क्लव, संघ, संस्था, स्थानीय वासिन्दा, बुद्धिजीवी, नागरिक समाज, राजनैतिक दल सबैको सहयोग, समर्थन र प्रतिवद्धता साथै एैक्यवद्धता जनाई कार्यक्रम सफल पार्न सहयोग गर्न अनुरोध गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930