बुधबार, चैत्र १५, २०७९

सामाजिक सुरक्षा भत्ता अपचलन गर्ने मण्डलविरुद्ध मुद्दा दायर

काठमाडौ असोज २७, आर्थिक वर्ष २०६४/६५ देखि  ०६६/६७ सम्मको सामाजिक सुरक्षा भत्ताबापतको रु एक लाख ६९ हजार ५०० हिनामिना गरेको र सेवाग्राहीलाई akither-ko-logo1नदिएको अभियोगको अनुसन्धान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी खोपी गाविसका कार्यालय सहायक महेन्द्र मण्डलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार अभियुक्त मण्डलले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई वितरणका लागि सरकारबाट प्रप्त रकम व्यक्तिगत काममा खर्च गरेको र सेवाग्राहीलाई नदिएको अनुसन्धानबाट खुलेको छ । आयोगको ऐन, २०५९ को दफा १७ अनुसार मण्डललाई हदैसम्मको कारबाही र बिगो्बमोजिमको रकमसमेत असुल गर्न माग गरिएको छ ।

यसैवीच नापी विभाग अन्तरगत नापी कार्यालय बिराटनगर, मोरङ्गमा कार्यारत नापी अधिकृत अमरेन्द्र कुमार गोइतले सेवा प्रवेश र बढुवा प्रयोजनका लागि पेश गरेको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल, पटना भारतबाट सन् १९९२ मा इन्टरमिडियट परीक्षा उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएकोले निज उपर साविक भ्रष्टाचार निवारण  बमोजिम हदैसम्मको दण्ड सजायको  मागदावी सहित आजै विशेष अदालत काठमाठौंमा मुद्धा   दायर गरिएको आयोगले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930