शनिबार, जेष्ठ २७, २०८०

सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट ऐतिहासिक जिम्मेवारी पूरागरौं :प्रम कोइराला

काठमाडौ कात्तिक ६ , प्रधानमन्त्री सुशील कोइरालाले महान् चाड दीपावली तथा तिहारको अवसरमा दिनु भएको सन्देशम छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि जनताले गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई संस्थागत गर्ने sushil_koiralaजिम्मेवारीलाई पूरा गर्न सबैले साथ दिनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

त्यस्तै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, मौलिक भेषभूषासहितका विविधता नेपालीको राष्ट्रिय पहिचान बनेकोे उल्लेख गर्दै सन्देशमा दीपावलीले नेपालको अभिसापका रूपमा रहेको सबै खालका अँध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस् भन्ने कामना गर्दै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट उक्त ऐतिहासिक जिम्मेवारी पूरा गरी मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराउन सकिने भएकाले सबैको साथ आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

सथै प्रस्तुत पर्वले नेपालीको बन्धुत्व भावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उल्लेख गर्दै उहाँले तिहारले एकतालाई अझ मजबूत बनाएको, यमपञ्चकका हरेक दिनले समस्त नेपालीमा नयाँ उमङ्ग सिर्जना गरेको, सबै दिदीबहिनी र दाजुभाइबीचमा मधुर र आफन्तबीचमा सौहाद्र्र सम्बन्ध विकसित गर्न सघाएको उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930