शनिबार, फाल्गुन १९, २०८०

सहमति समितिका सभापति डा भट्टराईले भेटे एमाले अध्यक्ष ओलीलाई

OLI_Bhattaraiकाठमाडौ कात्तिक ७,  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले नयाँ संविधानका विवादित प्रसङगमा विधानसभाले तेस्रो पटक थप गरेको समयसिमा भित्रै सहमति बनाउँन आवश्यक वातावरण बनाउँनको लागि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोटमा करिब दुई घन्टा भएको सो भेटमा उहाँहरुवीच सङ्घीयता, शासकीय स्वरूप, न्याय प्रणालीजस्ता विषयमा कसरी निकास खोज्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।