सोमवार, चैत्र १३, २०७९

सहमति बनाउँन विधानसभाले दोस्रो पटक थपेको म्याद आज सकिदै, दलहरु आफैे अन्यौलमा

काठमाडौं असोज ३०, संविधानका विवादित प्रसङगमा सहमति जुटाउन संविधानसभाले दोस्रो पटक थपेको म्याद आज सकिँदैछ । तर यस विचमा पनि विवादित प्रङगमा दलहरुवीच सहमति हुने संभावना क्षिण दखिएको छ भने प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रियाबारे समेत अन्यौलमा देखिएका छन ।

तीनदलको झण्डाकाँग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच पछिल्लोपटक विभिन्न चरणमा भएका अनौपचारिक छलफलमा राज्यपुर्नसंरचना सहितका विवादित विषय थाती रहेपछि आज अन्तिम प्रयास गर्ने र सहमति नभएमा आगामी प्रक्रियाबारे निर्णय लिने समझदारी भएपनि उनिहरु एकातर्फ सहमतिका लागि सचिवालय मार्फत प्रश्नावलीको गृहकार्य गर्न सैद्धान्तिकरुपमा सहमत भएपनि विवादीत विषयलाई मतदानबाट टुग्याउने कि सहमतिका लागि थप समय लिने भन्नेमा एक मत हुन नसक्दा यस्तो स्थिती सिर्जना भएको हो ।
आजको छलफलमा प्रस्तावित विषयमा सहमति जुटाउन नसकेमा , प्रक्रियामा अघि बढ्ने विधि तय गर्दै नयाँ शिराबाट छलफल सुरु गर्ने संवाद समितिका सभापति बाबुराम भट्टराईले यसअघिनै बताइसकेका छन ।  यद्यपी आज अवेर राती सम्म जेजस्तो विकल्प अपनाएर हुन्छ त्यहि अनुरुप सहमति कायम गर्नु पर्ने बाध्यता दलहरुमाझ रहेको छ । यदि सहमति नभएमा भोली बस्ने संविधानसभा बैठकमा संवाद समितिले प्रतिवेदन बुझाउनेछ भने त्यसै आधारमा संविधानसभाले अब के गर्ने भन्ने निर्णय लिनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930