सोमवार, चैत्र ६, २०७९

सहमतिको सुगा रटाइ कहिले सम्म् ? तीन दलका शीर्ष नेताहरुको गोकर्ण बैठकले उपलब्धि चुम्न सकेनन

काठमाडौं कार्तिक ४, संविधानका विवादित विषयमा सहमति जुटाउन पटक पटक असफल हुँदै आएका मुलुकका प्रमुख तीन दलका शिर्ष नेताहरू प्रस्तावित विषयमा घनिभूत छलफल गर्न भन्दै आज फेरि गोकर्ण रिसोर्ट पुगेका छन । प्रमुख तीन दलले यसअघि पनि विवादित विषयमा सहमति बनाउँने भन्दै पटक पटक बैठकमा छलफल 11102गरे पनि निष्कर्ष भने हातमा लाग्यो शुन्य भएको छ ।

यद्यपी आज पनि का तीनदलका तीन –तीन जना नेताहरु सम्मिलित टोलीले विवादित विषयमा सहमति बनाइ छाड्ने सुगा रटाइ भने छोठेका छैनन । प्रमुख तीन दलका तीन–तीन जना नेताहरु सहभागी रहेका बैठकमा राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल हुने बताइएको उक्त बैठकमा कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, एमालेबाट केपी ओली, माधवकुमार नेपाल र इश्वर पोख्रेल, एमाओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् ।

यसैवीच गोकर्ण रिसोर्टमा संबिधानका विवादित बिषयमा सहमतिको खोज्दै छलफलमा जेटेका तीन दलका शीर्ष नेताको बैठकबाट कुनै उपलब्धि हुन नसककेको थाहा भएकोछ । आजको बैठकमा सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल बैठकस्थलबाट बाहिरिएको समाचार स्रोतले जनाएकोछ । समाचारस्रोतका अनुसार भोलि विहान नेताहरुको बैठक सुरु हुने बताएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930