शुक्रबार, चैत्र १७, २०७९

सहमतिको विन्दु पहिल्याउँन कार्यदलको बैठक बस्दै

काठमाडौं असोज १८, निर्धारित मितिमा संविधान जारी गर्नका लागि संविधान लेखनमा देखिएका विवादित विषयहरूमा सहमति कायम गर्न भन्दै विवादित बिषयमा तीनदलको झण्डासहमति जुटाउन चार दलीय कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै गरेको बुझिएको छ ।

यस अघि गत असोज १४ गते बसेको दलीय शिर्ष नेतृत्वको बैठकमा शासकीय स्वरूप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा छलफल भएपनि प्रस्तावित विषयमा कुनै पनि नितिगत सहमति बन्न नसकेपछि सहमतिको विन्दु पहिल्याउँने जिम्मा तीनदलका नेताहरु सम्मिलीत कार्यदललाई दिएको थियो । सो कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र नेता नरहरि आचार्य, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एमाओवादीको तर्फबाट महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा सदस्य हुनुहुन्छ ।

त्यस्तै संबिधानको अन्र्तवस्तुका बिषयमा दलहरुबीच देखिएको विवाद अन्त्य गर्ने जिम्मा पाएको संबिधानसभाको संबैधानिक, राजनीतिक, संवाद तथा सहमति समितिको दोस्रो समयसीमा गत मंगलबार सकिएको थियो । समितिले मंगलबारभित्र संबिधानसभालाई प्रतिवेदन बुझाउनेछ । यसवीचमा पनि दलहरुबीच सहमति नभए बहुमतीय प्रक्रियाबाट संबिधान जारी गर्नुपर्ने अडानमा कांग्रेस र एमाले यस  अघिनै व्यक्त गरिसकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930