आइतवार, चैत्र १९, २०७९

समिति सभापति भट्टराई र प्रम कोइरालालवीच विशेष भेटवार्ता, प्रमलाइ तीन दलीय वार्तामा सहभागी बन्न आग्रह

काठमाडौं कात्तिक ८, सविधानका विवादित बिषयमा कात्तिक १५ गतेभित्र सहमति गर्ने गरि सहमति बनाउँनका लागि संबिधानसभाले तेस्रो पटक म्याद दिएको संवाद pm + baburam समितिका सभापति बाबुराम भट्टराईले आज विहान प्रम निवास वालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी ९ गतेको लागि भएको तीन दलीय वार्तामा सहभागी बन्न आग्रह गरेका छन् ।
त्यस अवसरमा सभापति भट्टराईले प्रम कोइरालाइ यसअघि गोकर्ण रिसोर्टमा दलहरुबीच भएको वार्ताबारे पनि जानकारी गराएका थिए ।

त्यस्तै भेटवार्ताको क्रममा कोइरालाले चाडो सहमति गरी नयाँ संबिधान जारी गर्नुपर्नेमा जोड दिएको उल्लेख गर्दै डा. भट्टराईको सचिवालयद्दारा जारी विज्ञप्तिमा निर्धारित मितिमा संविधान जारी गर्न सहमतिको लागि आफ्नो तर्फबाट हरसंम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।

त्यस्तै समिति सभापति भट्टराईले शुक्रबार एमाओवादी अध्यक्ष प्रचन्ढ र एमाले अध्यक्ष केपी ओलीसँग प्रस्तावित प्रसङगलाइ लिएर छुट्टाछुट्टै भेट गर्नु भएको थियो । संबिधानका विवादित बिषयमा दलहरुबीच १५ गतेभित्र सहमति नभए १६ गते प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन सभाले समितिलाई निर्देशन दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930