काठमाडौ असोज १८, बडादसै २०७१ को अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान र टीका ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणको यस घडीमा दुर्गा भवानीबाट सबै जनहरुमा सत्प्रेरणा प्राप्त होस भन्ने कामना गर्नु भएको छ । कार्यक्रममा केन्द्रका निर्देशक राजदिदीले उपप्रम सिंह लगायत बह्मकुमारी दिदी बहिनी दाजुभाइलाई टीका लगाउदिन भएको थियो । भने त्यस अवसरमा महादुर्गाको चैतन्य झाँकी पनि प्रदर्शन गरिएको थियो ।