काठमाडौ कात्तिक १०, काठमाडौं महानगरपालिका वडा न. १२ स्थित टेकुरोडमा आज भएको सडक दुर्घटनामा परी पैदलयात्रु भोटेवहाल बस्ने ६० वर्षीय सुकु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको । बा १ क ८५३३ नंको निजी गाडीले ठक्कर दिँदा उपचारका क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाउँदै दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रण तथा चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको बुझिएको छ ।