शुक्रबार, अशोज ५, २०८०

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सरकारले अन्याय गरेको गुनासो

काठमाडौ असोज २५, सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरे पनि भौतिक संरचना र आवश्यक मात्रामा बजेटको व्यवस्था नगरिदिँदा logoप्रतिष्ठानले उद्देश्य अनुरुपको काम गर्न सकेको छैन ।

विसं २०६२/०६३ को जनआन्दोलनपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई पुनःसंरचना गरी तीनवटा विषयगत प्रज्ञा प्रतिष्ठान बनाउन माग भएबमोजिम २०६४ भदौ ३१ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन जारी भई २०६७ साल वैशाख १० गते सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो ।

स्थापनालगत्तै वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको नेतृत्वमा प्राज्ञ सभाको गठन गरिएको थियो । गठनलगत्तै भवनको अभावमा दुई महिना प्रतिष्ठान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एउटा कोठामा सीमित बनेको प्रतिष्ठानका संस्थापक कुलपति गुरुङले बताउनुभयो ।

दुई महिनापछि छाउनीको घर मासिक रु एक लाख २० हजार भाडामा लिई कार्यालय व्यवस्थापन गरिएको थियो । भाडाबापतमात्र अहिले प्रतिष्ठानले वार्षिक रु १८ लाख तिर्ने गरेको नवनियुक्त कुलपति सरुभक्त श्रेष्ठले बताउनुभयो ।  तीनवटा प्रज्ञा प्रतिष्ठानमध्ये सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सरकारले भौतिक संरचना र बजेटसमेत कम दिएर अन्याय गरेको कुलपति श्रेष्ठले गुनासो गर्नुभयो । “अरु प्रज्ञा प्रतिष्ठानभन्दा प्रदर्शन र सांस्कृतिक कार्यक्रम गर्नुपर्ने सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानलाई प्रेक्षालय भएको भवन नहुनु र बजेटसमेत कम गरिनु नेपालको लोक सङ्गीत र नाटक क्षेत्रकै बेइज्जत गरिनु हो”, कुलपति श्रेष्ठले भन्नुभयो ।

बजेट र उपयुक्त कार्यालय भवन एवम् कार्यक्रम हलको अभावमा प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सवसमेत गर्न सकेको छैन । प्रतिष्ठानसित आफ्नै कलाकारसमेत नहुँदा कुनै कार्यक्रम गर्नुपर्दा पनि कलाकार भाडामा लिनुपर्ने समस्या रहेको छ ।

यही असोज १०, ११ र १२ मा भारतको राजधानी नयाँदिल्लीमा भएको सार्क राष्ट्रस्तरीय शास्त्रीय तथा परम्परागत सङ्गीत महोत्सवमा भाग लिन जाँदासमेत कलाकार भाडामा लिएर जानुपरेको गुनासो प्रतिष्ठानका प्राज्ञ सदस्य माधव प्रधानले गर्नुभयो । यस वर्ष प्रतिष्ठानलाई सरकारले रु दुई करोड २९ लाख ५० हजारमात्र वार्षिक बजेट छुट्याइदिएको छ । यो बजेट प्रतिष्ठान स्थापनादेखिकै सबैभन्दा कम भएको प्रतिष्ठानका प्रशासन अधिकृत दीपक बोहराले बताउनुभयो । यो तीनैवटा प्रतिष्ठानमध्येमा छुट्याएको कम रकम भएको पनि उहाँले जानकारी गराउनुभयो ।

यसअघि स्थापनाकालदेखि चार वर्षसम्म सरकारले प्रतिष्ठानलाई रु दुई करोड ५० लाख बजेट दिने गरेको थियो । सङ्गीत र नाटक दुवै प्रदर्शनमूलक कला भएकाले यसलाई प्रदर्शनका लागि प्रेक्षालय, डबली र नाट्यशालाको आवश्यक्ता पर्दछ । कमलादीस्थित तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान त्यसैअनुरुप बनाइएको थियो । तर तीनवटा प्रतिष्ठानको गठनपछि समुचित रुपमा पुरानो भौतिक संरचनाको वितरण हुन नसकेको कुलपति श्रेष्ठ बताउनुहुन्छ ।

“कलाकार भाडामा, हल भाडामा, भेषभूषा भाडामा अनि सबैभन्दा कम बजेट पनि सङ्गीत नाट्य प्रतिष्ठानलाई, अब हामीले के काम गर्ने यही संरचनामा केही उप��ब्धि हुन सक्ने अवस्था छैन”, श्रेष्ठले भन्नुभयो ।  यससम्बन्धी सबै जानकारी प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका संस्कृतिमन्त्रीलाई गराइसकेकाले नेपालको सङ्गीत तथा नाट्य क्षेत्रलाई यथोचित रुपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याउनेमा आशावादी रहेको कुलपति श्रेष्ठ बताउनुहुन्छ । पूर्णप्रसाद मिश्र/ रासस 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930