बुधबार, चैत्र १५, २०७९

संवैधानिक राजनीतिक संवाद तथा सहमतिका सभापति डा भट्टराईद्दारा समितिको प्रतिवेदन प्रस्तुत

संविधानसभाको आजको बैठक :   काठमाडौ असोज २२, संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम baburamभट्टराईले उक्त समितिको प्रतिवेदन पेस गर्दै संविधानका विवादित विषयमा सहमति जुटाउन सर्वदलीय बैठक गरी सहमतिको प्रयास गर्दा पनि शासकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनःसंरचनामा सहमति जुटाउन नसकेको बैठकमा जानकारी दिनु भएको थियो ।

त्यस्तै सभापति भट्टराईले प्रसतावित विषयमा सहमतिको विकल्प नभएको भन्दै बारम्बार उहाँले त्यस निम्ति प्रयत्न गनु पने जिकीर गर्दै नैतिक एवम् राजनीतिक प्रतिबद्धता पूरा गर्न जसरी भए पनि माघ ८ गते संविधान जारी गर्नैपर्नेमा उहाँको जोड दिनु भएको थियो । त्यस्तै विवादित विषय प्रक्रियामा गएर भए पनि टुङ्ग्याउनुपर्ने दलीय नेताहरुको प्रतिक्रिया प्रति इङगीत गदै प्रक्रिया भन्द सहमतिले अपनत्वको भाव जागृत हुने भएकाले शीर्ष नेतृत्वलाई अझ गम्भीर भएर सहमति बनाउनेतर्फ लाग्न पनि आग्रह गर्नुभएका थियो ।  प्रस्तत प्रतिवेदनको मर्म माथि संविधानसभाको २४ गते शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा विचार विमर्स हुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930