सोमवार, चैत्र ६, २०७९

विवादित विषयमा अझै सहमति जुट्न सकेन, सहमतिकै लागि आजै साँझ फेरि बैठक बस्दै

समितिका सभापति डा. बाबुराम भट्टराईद्दारा  आज साँझसम्ममा सहमति हुने आशा व्यक्त

सहमति नभए छिनोफानोको जिम्मा संविधानसभाले नै  गर्ने : काँग्रेस उपसभापति  पौडेल

काठमाडौ असोज २१, संविधानका विवादित विषयमा सहमति बनाउँन बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा पनि प्रस्तवित विषयमा सहमति बन्न सकेन । बुधवार बस्ने विधानसभाको बैठकमा समितिले संविधानमा रहने विषयवस्तुमा सहमति तथा असहमतिका बुँदा समेटी भोलि बस्ने images (1)संविधानसभाको बैठकमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।  त्यस्तै उहाँले सहमतिबाटै संविधान निर्माण सबै प्रयास जारी रहेको र सहमतिको अर्काे विकल्प नरहे भन्दै राज्यको पुनःसंरचना, शासकीय स्वरूप जस्ता महत्वपूर्ण विषयमा सहमतिको नजिक नजिक पुगेको बैठकपछि पत्रकारहरुलाइ संक्षिप्त प्रतिक्रिया दिदै समितिका सभापति डा. बाबुराम भट्टराईले आज साँझसम्ममा सहमति हुने आशा व्यक्त गरेका छन ।

 तर यसको ठिक विपरित आजको बैठकमा प्रस्तावित विषयहरुमा दलगत धारणा मात्र आएको जानकारी दिदै  काँग्रेस उपसभापति  रामचन्द्र पौडेलले सहमति भए सहमति नभए छिनोफानोको जिम्मा संविधानसभाले नै निर्णय गर्ने बताउनु भएकोछ।

 त्यसै गरि एमालेका नेता सुरेन्द्र पाण्डेले दलहरूका आ–आफ्नै अडानका कारण राज्यको पुनःसंरचना र शासकीय स्वरूपका विषयमा कुरा मिल्न नसकेकाले आजको बैठकमा कुरा मिल्न नसकेका बताउँदै  गर्दा एमाओवादीका नेता कृष्णबहादुर महराले राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली तथा निर्वाचन प्रणालीका विषय एकअर्कासँग सम्बन्धित भएकाले ती विषयमा एकीकृत रूपमा सहमति खोज्न प्रयास भइरहेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदै आजै साँझबस्ने समितिको अर्काे बैठकले थप नयाँ निष्कर्ष पहिल्याउँने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930