काठमाडौं असोज १८, विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवको वरद वाहुलीबाट राष्ट्रपति निवासमा विजयादशमीको टिकाप्रसाद ग्रहण गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह। त्यस
अवसरमा राष्ट्रपति यादवले सरकारका उच्च पदस्थ अधिकारी, सभासद्, उद्योगी, व्यवसायी, पत्रकार, वकिल, प्रध्यापक सहित विभिन्न पेसा व्यवसायका व्यक्तिहरु र सर्वसाधारणलाई पनि टिका लगाई दिएका थिए ।
यसअघि उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री सुशील कोइरालाको बाहुलीबाट पनि टिकाप्रसाद ग्रहण गर्नु भएको थियो ।