मङ्लबार, अशोज १६, २०८०

लोकतान्त्रिक उपब्धिलाई संस्थागत गर्न निर्धारित मितिमानै नयाँ संविधान : प्रम कोइराला

नेपाल संवत ११३५ को अवसरमा प्रम कोइरालाको  शुभकामना:

काठमाडौ कात्तिक ७, प्रधानमन्त्री सुशील कोइरालाले नेपालीको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत् ११३५ आरम्भ भएको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा susil koiरहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दै त्यस्तै नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरण गर्दै कोइरालाले शुभकमना सन्देशमा राष्ट्रिय विभूति साख्वाःको योगदानको राष्ट्रिय महत्वलाई मनन् गर्दै नेपाली २०५६ सालमा नै काँग्रेसको सरकारले उहाँलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको यथार्थलाई समेत स्मरण गर्नु भएको छ ।

त्यस्तै सङ्घर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपब्धिलाई संस्थागत गर्ने सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतान्त्रिक संविधान निर्माण गरी निर्धारित समयमा नै जारी गर्नका लागि राजनीतिक दलबीच सहमति, सहकार्य, एकता र मेलमिलाप कायम हुनु नितान्त जरुरी रहेको भन्दै प्रम कोइरालाले नेपाल संवत्को नयाँ वर्षले सबै पदीय जिम्मेवारीमा रहेका सबैलाई मुुलुकको हित र नागरिकको हितसहित सुख समृद्धिमा समर्पित रहेर काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930