शनिबार, चैत्र १८, २०७९

राष्ट्रपति डा यादवद्दारा दलहरू संविधान निर्माण गर्न यस पटक नचुक्ने आशा र विश्वास व्यक्त 

वर्ष २०७१ को विजयादशमीको शुभकामना

काठमाडौ असोज १७, वर्ष २०७१ को विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवले आज स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिदै President_Vice_President_20140816092816स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले शुभकामना सन्देशमा वर्षभरि आइरहने जाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै यिनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध सूत्रको काम गरेको उल्लेख गर्नु भएको छ ।  त्यस्तै शुभकामना सन्देशमा उहाँले संविधानसभाले निश्चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्साएको क्रियाशीलतालाई कायम राखी आफ्ना कबुल पूरा गर्न सबै दलमा आग्रह सहित दलहरू संविधान निर्माण गर्न यस पटक नचुक्ने आशा र विश्वास छ, व्यक्त गर्नु भएको छ ।

सहकार्य र सहमतिको मार्गमा लाग्ने सत्प्रेरणा प्राप्त होस :उपराष्ट्रपति झा

यसैवीच उपराष्ट्रपति झाले पनि वर्ष २०७१ को विजयादशमीका उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देशमा राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै लोकतान्त्रिक संविधान जारी हुन सक्ने भएकाले सो कार्यमा सबै दल र नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ सहकार्य र सहमतिको मार्गमा लाग्ने सत्प्रेरणा दुर्गा भवानीले प्रेरणा प्रदान गरून् भन्ने कामना गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930