काठमाडौं कात्तिक ८,भाइटीका पर्वका दिन दिदीबहिनी नहुने दाजुभाइहरू दशन गरी टीका ग्रहण गर्ने राजधानीको रानीपोखरीस्थित यमलेश्वर महादेव मन्दिरको नामले परिचित वालगोपालेश्वर मन्दिरमा शुक्रवार साँझ गरिएको दिपावली । प्रत्येक वर्ष यो मन्दिर भाइटीकाका दिनमा सर्वसाधारणका लाग खुला गरिन्छ । मन्दिरमा भाइटीकाका दिन बिहानैदेखि श्रद्धालु दाजुभाइ तथा दिदीबहिनीहरूको भीड लागिसकेको छ ।