काठमाडौ कात्तिक ६, उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको महान् पर्व शुभ दीपावलीका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । महान् चाड दीपावली तथा तिहारको अवसरमा उपराष्ट्रपति झाले दिनु भएको शुभकामना सन्देशमा जनचाहना बमोजिमको लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालमा जनप्रतिनिधिकमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्दछ भन्ने कुनै द्विविधा नभएकाले त्यसका लागि राजनीतिक दलहरूबीच सहमति र सहकार्यको विकल्प नभएको बताउँदै देशको जनचाहनाअनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् र नेपालीहरूमा सुख, शान्ति र समृद्धि प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।