सोमवार, चैत्र १३, २०७९

मन्त्रिपरिषद्को बैठक : विधानसभामा थप चारजना सदस्य मनोनीत

काठमाडौ असोज ३०, मन्त्रिपरिषद्को आज सिंहदरवारमा बसेको बैठकले संविधानसभा मनोनित गरिन २६ सभासद मध्ये थप चारजना सदस्य लाई मनोनयन गरेको छ cabinate-photo-300x145। यसरी मनोनित भएका सदस्यहरुमा बैठकले राममाया बोगटी (नुवाकोट), जनकराज जोशी (तनहुँ), श्यामकुमार श्रेष्ठ (काभ्रे), जनकबहादुर बुढा (बझाङ)लाई संविधानसभा सदस्यमा मनोनयन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

यसअघि सरकारले २६ मध्ये १७ जना सभाससदको मनोनयन गरिसकेको छ भने अव बाँकी ५ जना सभासदका मनोनयन गरेपछि विधानसभाले छसया१ सदस्य सहित पूर्णता पाउँने छ ।
त्यस्तै बैठकले मनाङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको जानकारी गराउँदै मन्त्री रिजालले यसबारे गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन उद्धार केन्द्रलाई क्याविनेट बैठकमार्फत प्रधानमन्त्रीले पीडितहरूलाई तत्काल उद्धार एवम् सहयोग उपलब्ध गराउन निर्देशन गरिएको बताउँदै पीडितको उद्धार एवम् सहयोग कार्यको अनुगमन एवम् सहयोगका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको संयोजकत्वमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेपाल सरकारका मुख्य सचिव लीलामणि पोखरेल रहनुभएको समिति गठन गर्ने बैठकले निर्णय गरेको जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930