सोमवार, चैत्र ६, २०७९

मनाङ र मुस्ताङमा हिमपातमा परी चार विदेशीसहित र १६ नेपालीको मृत्यु

काठमाडौं असोज २९, भारतमा आएको हुदहुद आँधीको प्रभावले अचानक हिमपात हुँदा हिमपातसँगै आएको हिम पहिरोमा पुरिएर मनाङमा चार विदेशी पर्यटक र एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक इजरायली, दुई पोलिस र एक नेपाली नागरिक रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

थोराङ पास गर्न गएका १६८ पर्यटक हिमपातमा परेकोमा चौध जानाको नेपाली सेनाले उद्वार गरेको छ भने १५० जानाको खोजी जारी छ। सेनाले उद्वार गरेकोमा पाँच जर्मन, पाँच पोलिस र चार इजरायली छन ।  मनाङमा उपल्लो क्षेत्रमा २ देखि ४ फिट बाक्लो हिमपात भएको छ। काठमाडौंका एक्मी इञ्जिनियरीङ कलेजका दश जना विद्यार्थी हराइरहेकोमा उनीहरुको पनि उद्वार भएको छ । सीमा प्रहरी कार्यालय हुम्दीले पूर्वमन्त्री सुरेश मल्लको छोरी सहितको टोलीलाई उद्वार गरेको थाह भएको छ।

 त्यस्तै  मुस्ताङमा पनि हिमपातका कारण ९ जना नेपाली सहित १६ जनाको ज्यान गएको समाचारस्रोतले जनाएको छ ।त्यस क्षेत्रमा   नेपाली सेनाको उच्च शिखर शिक्षालयको टोलीले उद्धारको कार्य गर्दै गरेकोग हिमपात जारी रहेकाले उद्धार कायृमा   कठिनाई  भइरहेको बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930