मङ्लबार, अशोज १६, २०८०

भीडले ढुंगामुडा र आगजनी गरेपछि प्रहरीले गोली चलाएको गृहमन्त्री गौतमको प्रष्टोक्ति 

बारा गोलीकाण्ड:

सभासदहरुले बारामा शनिबार भएको गोलीकाण्डको संसदीय छानबिनको माग

बारा घटनाको छानबिन समिति बनाउने प्रतिबद्धता

मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त

काठमाडौ असोज २६, व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर प्रभु साह, रामअयोध्याप्रसाद यादव, लालबाबु रावत, नागेन्द्रप्रसाद bamdaveचौधरी थारु र लक्ष्मण कर्ण लगायतका सभासदहरुले बारामा शनिबार भएको गोलीकाण्डको संसदीय छानबिनको माग गरेका छन ।  कालोपत्र गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले  गोली चलाउँदा एकजनाको मृत्यु भएको र अन्य एकजना  घाइते भएकाले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न माग गरेका गर्दै विकास–निर्माणको माग गर्ने जनतालाई गोली हान्न आदेश दिने सरकारलाई लोकतान्त्रिक मान्न आफूहरू तयार नरहेको बताउँदै उहाँले आफ्ना माग सम्बोधन नभए आन्दोलनको चेतावनी दिएका थिए ।

यसैवीच सभासदहरुले जवाफ माग गरेपछि उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले बारा घटनाको छानबिन समिति बनाउने प्रतिबद्धता जनाउँदै प्रस्तुत घटनामा एकजनाको मृत्यु भएको जानकारी सहित दुःख व्यक्त गरेका छन् ।  साथै जवाफको क्रममा उपप्रम गौतमले सन्तुलित साम्प्रदायिक सदभाव भड्काउनेगरी भीडले ढुंगामुडा र आगजनी गरेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको जानकारी बैठकमा गराउँनु भएको थियो ।

साथै यसरी चलेका गालीबाट हरिहरपुर- ७ का जयनारायण पटेलको शनिबार मृत्यु भएको भन्दै उहाँले मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930