शनिबार, चैत्र १८, २०७९

भारतीय प्रम मोदीले प्रयोग गरेको तस्वीरमा प्रतिलिपि अधिकारको दाबी

काठमाडौ कार्तिक ७, नेपालमा रहँदा मातृभूमि साप्ताहिक, नेपाल समाचारपत्र दैनिकलगायतका सञ्चारमाध्यममा व्यवसायिक पत्रकारिता गरेका पत्रकार नेपाल अमेरिकामा स्वतन्त्र फोटोपत्रकारका रुपमा पनि क्रियाशील फोटो पत्रकार विमल नेपालले अघिल्लो वर्ष आफ्नै घरमा दीपावली गर्दा खिचेको तस्वीर जस्ताकोतस्तै मोदीको फेसबुक ‘वाल’मा प्रयोग भएपछि उक्त तस्विरको विषय अहिले नेपाल, भारत र अमेरिकाका सनसनी मच्च्निुका अलावा त्यहाँको सञ्चारमाध्यममा प्रमुख खवरको विषय भएको इमेज खवर डटकमले प्रकाशित गरेको छ ।

खवरमा फोटो पत्रकार नेपालले आफ्नो तस्वीर भारतीय प्रधानमन्त्री मोदीले फोटोग्राफरलाई ‘क्रेडिट’समेत नदिइ बिना अनुमति प्रयोग गरेको भन्दै आपत्ति जनाएपछि यो विषयले थप चर्चा पाएको हो । त्यस्तै आफ्नो फेसबुकमा रहेको उक्त फोटो भारतीय प्रधानीमन्त्री मोदीको फेसबुकमा बिना अनुमति प्रयोग गरिनु प्रतिलिपि अधिकार हनन् भएकोले यसप्रति आफ्नो आपत्ति रहेको उल्लेख रहेको छ।

पत्रकार विमलले पोष्ट गरेको तस्वीरमा अंग्रेजीमा ‘दीवाली लाइट्स इन आवर होम, क्याम्ब्रिज एमए’ लेखिएको छ । तस्वीरमा काठको भूइँमा राखिएका दीयोहरुमा चहकिलो बत्ती बलिरहेको दृष्य देखिन्छ ।

सोही तस्वीरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा ‘धनतेरसको शुभकामना’ भन्दै प्रयोग गरेको समाचारमा जनाइएको छ ।  फोटोमा कालो दृष्यमा एस आकारमा दीप प्रज्वलित भएको देखिन्छ । यसलगत्तै विमल नेपालले नरेन्द्र मोदीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीबाट आफ्नो फोटो बिना अनुमति र प्रतिलिपि अधिकारको वास्ता नगरी प्रयोग गरेको उल्लेख गरेका छन् ।

यसघटन प्रति नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि गम्भीर चासो देखाएको छ । महासंघ अध्यक्ष डा। महेन्द्र विष्टले यो प्रकरणका सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले प्रष्ट गर्नुपर्ने र प्रतिलिपी अधिकारसम्बन्धी प्रचलित कानुन बमोजिम उचित सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।  भारतका चर्चित दैनिक हिन्दुस्तान टाइम्स, इन्डिया टूडेलगायतमा विमलले खिचेको यो तस्वीर र मोदीले शुभकामनामा प्रयोग गरेको तस्वीर तुलना गर्दै समाचारहरु छापिएका छन् ।

थप जानकारीका लागि  यहाँ किल्क गर्नुहोला  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930