बुधबार, चैत्र १५, २०७९

प्रम कोइराला सहित दलका शिर्षनेताहरुद्दारा जनकविकेशरी थापाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं असोज २८, आज विहान इहलिला त्याग्नु भएका हरियो डाडा माथी हलो जोत्ने साथी, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन जस्तो चर्चित लोकप्रिय गीतका गायक जनकवि केशरी धर्मराज थापाप्रति अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न थापाको पार्थिव शरीर राखिएको स्थान नेपाल प्रज्ञा प्रतिष्ठानमा जानु भई प्रधानमन्त्री सुशील कोइराला उपप्रधानमन्त्री, मन्त्री तथा पार्टीका शीर्ष नेताले श्री थापा प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो  ।

जनकवि केशरीप्रति अन्तिम श्रद्धाञ्जलीका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, पूर्व सभामुख तारानाथ रानाभाट, नेकपा एमालेका सभासद् प्रदीप ज्ञवाली,सभासद् नवीन्द्रराज जोशी, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, एमाओवादी नेत्री हिसिला यमी, सभासद् रवीन्द्र अधिकारी, सरकारका मुख्य सचिव लीलामणि पौडेल, प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएका थियो । थापाको आजै दिउँसो ३ बजे पछि शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

फोटो : Bijay Bishfot Deuja

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930