मङ्लबार, चैत्र ७, २०७९

प्रम कोइरालाले भने – यो वा त्यो बहानामा आन्दोलन वा विवाद नगरौ (फोटो फिचर)

लोकतान्त्रिक संविधान जारी गरी मुलुकलाई शान्ति र स्थायित्व दिनुपर्नेमा जोड प्रम कोइरालाको जोड

 

प्रसङग : नेपाली काँग्रेसले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा  आयोजना गरेको शुभकामना आदानप्रदान एवम्  चियापान कार्यक्रम

काठमाडौं असोज २१,  नेपाली काँग्रेसले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज पार्टी कार्यालय, सानेपामा दिउँसो १ बजेदेखि शुभकामना आदानप्रदान 1959244_10152776458972329_8451504344928136012_nएवम् चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् पार्टीका महामन्त्री प्रकाशमान सिंह, अर्का महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीका तर्फबाट शुभकामना प्रदान एवम् स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली , एमाओवादीका अभ्यक्ष्य पुष्पकमल दाहाल प्रचन्द्र, वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमाओवादीका नेता डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम, एमाओदीका नेता नारायण काजी श्रेष्ठ , मधेसी 10671303_10152776305517329_7914638462156969170_nजनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवल ,सभामुख सुवासचन्द्र नेम्वाङ,   नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री विक्रम पाण्डेगायत अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु,सभासदहरु,सरकारी उच्च अधिकारीहरु,कुटनितिक नियोगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

जननेता बिपी कोइरालाले मेलमिलापको नीतिलाइ अङिगकार गर्दै आज भन्दा ३६ वष पहिले सरु गर्नु भएको चियापान कार्यक्रमले सबैमा मेलमिलाप एवम् सहमतिको मार्गमा आउन प्रेरित गरोस् भन्ने आग्रह गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र सकेसम्म सहमतिमा संविधान ल्याउन आफूहरू गम्भीरताका साथ छलफलमा जुटिरहेको जानकारी सञ्चारकमीहरुलाइ दिनुभएको छ ।   त्यस्तै हामीसामु मलुकको 10407651_10152776457792329_1509446085923999245_nसंविधान निर्माण गर्ने महत्वपूर्ण चुनैति र जिम्मेवारी रहेको अवस्गमा अहिलेनै छोरो पाउँनु कहिले कहिले भोटो सिलाउने अहिले भने जस्तै हामी जिम्मेवार दलहरुले यो वा त्यो बहानामा आन्दोलन वा विवाद नगरी वार्ताकै माध्यमबाट मुलुकमा लोकतान्त्रिक संविधान जारी गरी मुलुकलाई शान्ति र स्थायित्व दिनुपर्नेमा जोड दिनु भएको छ ।  त्यस्तै उहाँले एमाओवादी नेतृत्वको गठबन्धन मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिन र छलफलमा आउन आग्रह गर्दै माघ ८ गतेको लागि निर्धारण गरिएको मितिमानै संविधान बनाउन सहमति जुट्ने आफुले विश्वास लिएको बताउनु भएको छ । फोटो : युपी लामिछाने

10653821_10201817051508369_2881843076954324597_n

1908434_10152776460342329_1463995101073512264_n