बुधबार, चैत्र १५, २०७९

प्रम कोइरालाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौ कात्तिक १३, प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसिसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को प्रतियोगितामा विजयी नेपाली क्रिकेट sushil_koiralaटोलीलाई बधाई दिनुभएको छ । नेपाली टोली समूह विजेता बनेको परिणाम आएलगत्तैै प्रधानमन्त्री कोइरालाले आज नेपाली टोलीका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई दिँदै सो सफलताले नेपाली क्रिकेट टोलीलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त दिनुभएका हो ।

प्रधानमन्त्री कोइरालाले अन्तर्राष्ट्रिय खेल जगत्मा नेपालको राष्ट्रिय झन्डा उँचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेका भन्दै प्रतियोगितामा विजेता बनी नेपाललाई डिभिजन थ्रीबाट डिभिजन टु मा उतारेकोमा बधाई ज्ञापन गर्नु भएको छ ।

 नेकपा एमालेद्दारा पनि बधाई ज्ञापन: यसैवीच नेकपा एमालेले पनि प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा सम्पन्न ‘आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोली प्रथम हुन सफल भएकोमा नेपाली टोलीका प्रशिक्षक तथा खेलाडीलाई सिङ्गो पार्टीका तर्फबाट धन्यवाद तथा बधाई ज्ञापन गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930