आइतवार, चैत्र १९, २०७९

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौ असोज ३०, प्रधानमन्त्री सुशील कोइरालाले मनाङ र मुस्ताङ जिल्लामा हिमपातमा परी भएको दुई दर्जनभन्दा बढी नागरिकको निधनप्रति गहिरो दुःख व्यक्त susil koiगर्नुभएको छ । यस दुःखद् घडीमा हिमपातमा परी जीवन गुमाउनुहुने स्वदेशी एवम् विदेशी नागरिकहरूमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवार तथा स्वजनहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै प्रम कोइरालाले समवेदना सन्देशमा केही समय अगाडि सगरमाथा क्षेत्रमा भएको हिमपहिरोले पु¥याएको मानवीय क्षतिको घाउ नपुरिँदै पदयात्राको पर्यटकीय मौसम आरम्भ हुने समयमा दोहोरिएको यस दुर्घटनाले नेपालको पर्यटन विकासमा नयाँ ढङ्गले सोच्नुपर्ने अवस्थामा आएको उल्लेख गदै पयटकीय सबै हिमाली क्षेत्रमा मौसमको अद्यावधिक जानकारी दिने उपकरण जडान गरी त्यसबाट प्राप्त सूचनाका आधारमा पदयात्रा र पर्वतारोहण गतिविधि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बतउँन भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930