शुक्रबार, चैत्र १७, २०७९

प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज अपरान्ह बस्दै

काठमाडौं असोज २५, गत बुधवार भएको तीन दलीय सहमति अनुरुप गडडत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्च स्तरिय राजनीतिक dhaallसमितिको पहिलो बैठक आज बस्ने भएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बस्न लागेको हो । बैठकमा समितिमा सबै दलका तर्फबाट कसकसलाई राख्ने र अवको रणनीति के गर्ने भन्ने विषयमा छलफल हुने सा बारेमा छलफल गर्ने तयारी समिति रहेको बुझिएको छ ।
त्यस्तै समितिमा कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट तीन–तीनजना सदस्य रहने भनिएपनि सदस्यहरुको नामावली यो समाचार तयार पार्दा सम्म पनि सार्वजनिक भएको छैन । यस्तै यता मधेसी दलहरूका तर्फबाट संयुक्त प्रतिनिधित्व गराइने भनिएको तीन सदस्यमा कोको रहने हो सोको पनि टुङगो लागेको छैन ।

समितिमा कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट तीन–तीनजना,मधेसी दलहरूका तर्फबाट संयुक्त प्रतिनिधित्व गरि तीनजना र राप्रपा नेपाल र नेकपा मालेका तर्फबाट एक–एक सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै दलहरुबीचको सहमति अनुसार सुरुका दुई महिना प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष प्रचण्डले उच्चस्तरीय समितिको नेतृत्व गर्नु हुनेछ । त्यसपछि समितिमा आबद्ध अन्य दलबीच नेतृत्व हस्तान्तरण हुनेछ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरुन्जेलसम्म समिति कायम रहने पनि दलहरुबीच सहमति भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930