बुधबार, चैत्र १५, २०७९

नेपाल संवतको विशेष कार्यक्रमको सभापतित्व प्र.म कोइरालाले गर्ने

काठमाडौं कात्तिक ३, नेपाल संवत् ११३५ को उपलक्ष्यमा कात्तिक ७ गते म्ह पूजाका दिन काठमाडौँ बसन्तपुरमा आयोजना गरिने विशेष कार्यक्रमलाई प्रधानमन्त्री सुशील कोइरालाले सभापतित्व गर्नुहुने भएको छ ।  न्हूदँ राष्ट्रिय समारोह समितिको अध्यक्ष प्रा. डा.त्रिरत्न मानन्धरको नेतृत्वमा गएको एक टोलीले आइतबार प्रधानमन्त्री कोइरालालाई भेटी गर्नुभएको सभापतित्वको आमन्त्रणलाइ स्विकार गदै प्रधानमन्त्री सुशील कोइरालाले उक्त कार्यक्रमका सभापतित्व गर्न लाग्नु भएको हो ।

राष्ट्रिय मान्यता पाएको यो संवतको यस वर्षको नारा नेपाःया म्हसिका, नेपाःया गौरव राज्यं हे छ्यलेमाः, नेपाल संवत्, अर्थात यस वर्ष नेपालको पहिचान, नेपालको गौरव राज्यले नै प्रयोगमा ल्याउनुपर्छ भन्ने मुल नारा सहित मनाउँन लागिएको जानकारी दिइएको छ ।  त्यस्तै समितिले प्रधानमन्त्री कोइरालालाई दिएको ९ बुँदे ज्ञापनपत्रमा नेपाल संवतलाई तत्काल राष्ट्रप्रमुख र सरकारी निकायहरुले प्रयोगमा ल्याउने लिखित दस्तावेजमा प्रयोग गर्नुपर्ने, नेपाली मुद्रा र नोटमा नेपाल संवत्को प्रयोग गर्नुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्ने कार्य तत्काल थाल्नुपर्ने, संवतका प्रवर्तक शंखधर साख्वाः र संवतसम्बन्धी सामाग्री पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने, यो संवतलाइ राष्ट्रिय रुपमा मनाउन राज्यबाट आर्थिक कोषको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय विभूति शंखधरको पूर्णकदको शालिक राजधानीमा निर्माण गर्नुपर्ने र नयाँ संविधानमा नेपाल संवत् उल्लेख गर्नुपर्ने मागहरु समेटिएको जानकारी दिइएकोछ भने यसअघि वसन्तपुर डबलीबाट बिहान ६ः३० बजे बृहत् सांस्कृतिक ९याली निकालिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930