आइतवार, चैत्र १९, २०७९

नेपाललाई हिन्दु राज्य नै कायम गर्नुपर्ने माग गदै विशेष अन्र्तरक्रिया कार्यक्रम आयोजना गर्दै

काठमाडौं असोज २२,  धर्म निरपेक्ष राज्य घोषणा गरेको लामो समयपछि नेपाली कांग्रेसका केन्द्रीय नेताहरु हिन्दु राज्यकै पक्षमा उभिन थालेका छन् । संविधानसभाको बैठकमा एक मतले धर्म निरपेक्षको प्रस्ताव पारित गरेकोमा आपत्ती प्रकट गर्दै कांग्रेसका अधिकांश नेताहरु नयाँ संविधानमा हिन्दु राज्य कायम गर्नुपर्ने भन्दै नेपालमा kb-khum-taraHaribolसदियौं देखि कायम हुँदै आएको सनातन हिन्दुराष्ट्र पुन कायम गर्ने अवलम्वन गरिनु पर्ने निती अख्तियार गर्न वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईको संयोजनमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

राजधानीको वानेश्वर स्थित अनमोल क्याटरिङको प्रेक्षालयमा हुन गइरहेको उक्त अन्तरक्रियामा गरिएकोले उक्त कार्यक्रममा काँग्रेस महासमिति सदस्य समेत रहेका कुमार रेग्मीले कार्य प्रत्र प्रस्तुत गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाललाइ सनातन हिन्दुराष्ट्र कायम गर्ने सिर्जना गर्नु पर्ने दवावका रणनिती तय समेत गरिने कार्यक्रमको लक्ष्य रहेको सनातन हिन्दुराष्ट्र नेपाल नागरिक मूल संघर्ष समितिको संयोजक समेत रहेका हरि हरिबोल भट्टराईलाइ उदत गदै प्राप्त समाचारमा जनाइएको छ भने कार्यक्रममा क्रमस हरिबोल भट्टराई सनातन हिन्दुराष्ट्र नेपाल नागरिक मूल संघर्ष समिति,केवी गुरुङ केन्द्रीय सदस्य नेपाली कांग्रेस,खुम बहादुर खड्का केन्द्रीय सदस्य, पूर्व सभामुख तारानाथ रानाभाट, दीपकुमार उपाध्याय केन्द्रीय सदस्य नेपाली कांग्रेस, कांग्रेसनेता लक्ष्मण घिमिरे,सुवर्ण ज्वारचन सभासद,रामचन्द्र अधिकारी पूर्व सांसद,मीठाराम विश्वकर्मा पूर्व सांसद,रामजीवन सिंह पूर्व सांसद– महोत्तरी लगायतका व्यक्तित्वको सहभागिता रहने बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930