बिहिबार, मंसिर १४, २०८०
Dashain

नन्दप्रसाद अधिकारीको दाहसंस्कार वैदिक विधिअनुसार सरकारले गर्ने

काठमाडौ कात्तिक ११, छोराको हत्यारालाइ कारवाहीको माग गर्दै आमरण अनशन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको अनसनरत अवस्थामानै निधन भएको करिव चारसाता पछि अधिकारीको दाहसंस्कार गरिने भएको छ । दाहसंस्कारका लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको दाहासंस्कार गर्नका लागि नन्दप्रसादका छोरा 200X200_de7b9f139874e89178e21469f7b5f359नआए वैदिक विधिअनुसार सरकारले नै दाहसंस्कार गर्ने निर्णय भएको हो।

वीर अस्पतालमा अनशनकै क्रममा नन्दप्रसादको निधन भएपछि उनको परिवारका सदस्यहरूले दोषीलाई कारबाही गर्न माग गर्दै दाहसंस्कार अस्वीकार गर्दै आएका थिए।
छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादी द्वन्द्वमा हत्या गरिएको भन्दै नन्दप्रसाद पत्नी गंगामायासँगै अनशन बसेका थिए। अनशनमा बस्दाबस्दै उनको निधन भएको हो। उनकी पत्नी गंगामायाले भने अघिल्लो साता कानुनमन्त्री नरहरि आचार्यको पहलमा पाँचबुँदे सम्झौता गर्दै अनशन तोडेकी छन्।

सरकारले यसअघि भउका सहमति भएअनुसार गंगामायालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। उनको सुरक्षाको जिम्मा पनि सरकारले लिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिनुभएके छ ।
यसैबीच सरकारले रिक्त रहेको राष्ट्रिय महिला आयोगको सदस्यमा नेकपा माले निकट भगवती घिमिरेलाई नियुक्त गरेको छ। यसअघि आयोगकी सदस्य मोहना अन्सारीले राजीनामा दिएपछि सदस्य पद रिक्त थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930