शनिबार, अशोज १३, २०८०

धरौटी बुझाउन नसक्दा डा राउत थुनामानै

काठमाडौ असोज २८, मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम गरेको अभियोगमा पक्राउ गरिएका सिके राउतलाई राज्यविरुद्धको ck अपराध र सजाय ऐन २०४६ अनुसार हदैसम्मको कारबाहीको माग गर्दै सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको मुद्दाको सुनवाइ गर्दै विशेष अदालतका नरेन्द्रकुमार सिवाकोटी र भूपेन्द्रप्रसाद राईको संयुक्त इजलासले रु ५० हजार धरौटी लिइ रिहा गर्न आदेश दिएको छ ।

तर डा राउतले अदालतद्दारा माग गरिएको धरौटी बुझाउँन नसक्दा उहाँलाई प्रहरीले डिल्लीबजार सदरखोर थुनामानै पठाएको छ । अदालत स्रोतका अनुसार, वयानमा राउतले आफुले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने कुनै पनि कार्य नगरेको दावी गरेका थिए ।