काठमाडौ असोज १५, मारवाडी सेवा समितिअन्तर्गतको शेरावाली सेवा सङ्घले देवी दुर्गाको मूर्तिसहित आज राजधानीमा शोभायात्रा गरेको छ । प्रत्येक वर्ष बडादसैको सप्तमीका दिन शेरावाली सेवा सङ्घले शोभायात्रा सहित नगर परिक्रमा गर्ने गरिआएको छ । भद्रकालीबाट सुरु गरिएको शोभायात्रा नयाँ सडक, वसन्तपुर, हनुमानढोका हुँदै मारवाडी सेवा समितिको कार्यालयमा पुगेर समापन गरिएको थियो ।