सोमवार, चैत्र ६, २०७९

दसैँमा के खाने के गर्ने ? दसैँ दिनुपर्ने पञ्चबलि के हुुन थाहा पाईराखौं

dr-sunil-डा. सुनील पौडेल

काठमाडौं असोज १६, दसैँ नेपालीका निम्ति एकदमै महत्त्वपूर्ण चाड हो । आफन्त, साथीभाइ तथा प्रियजनहरू भेट्ने, आशीर्वाद लिने–दिने तथा खुसी साट्नका लागि यो महान् अवसर हो । तर, यो चाडसहित अन्य विभिन्न चाडपर्वमा नेपाली समुदायमा खुसीको मात्रै होइन रोगको पनि ओइरो लाग्ने गरेको छ ।

दसैँजस्ता चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा अलिक बढी लापरबाही गर्ने हुनाले यी रोग बढेका हुन् । यी पर्वमा वा पर्वपछि मुख्यतया निम्न समस्या, रोग बढेको पाइएको छ  ।

पेट तथा पाचन प्रणालीका समस्या जस्तै, अपच, बान्ता हुने, ग्यास्ट्राइटिस, अल्सर, प्यांक्रियाटाइटिस, झाडापखाला, फुड पोइजनिङ आदि ।

मुटु तथा रक्तनलीका समस्या जस्तै, हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात आदि ।
मोटोपन, कोलेस्ट्रोल, कलेजो र मधुमेहका रोग झनै बिग्रने ।

पिसाबको समस्या

स्नायु प्रणाली : मस्तिष्कघातले गर्दा पक्षघातहरू हुने, चोटपटक वा दुर्घटनामा स्पाइनलकर्ड इन्जुरी हुने आदि ।, युरिक एसिडको समस्या बल्झिने, श्वासप्रश्वासका समस्या जस्तै, दम, खोकी, श्वासप्रश्वासका कुनै पनि रोगहरू–एलर्जीहरू बढ्ने ,चोटपटक वा दुर्घटना हुने वा जल्ने,ढाड दुख्ने वा नसा च्यापिने समस्या बल्झिने वा बढ्ने आदि, तनाव बढ्ने

  • हेरचाह तथा सावधानी

    -चिकित्सकले प्रिस्क्राइब गरेका औषधोपचार चाडपर्वमा पनि चलाइरहने ।
    -रोग उपचारका निम्ति गरिने योग, व्यायामहरू मात्रै होइन फिटरहन गरिरहने व्यायाम जस्तै, दौड्ने, खेल्ने, योग आदि गरी नै रहने । चाडबाडमा पनि आफ्नो व्यायाममा सधैँ अडिग रहने । साथसाथै घर–टोलमा आयोजना हुने आउटडोर खेलहरूमा भाग लिनुहोस् वा नभए साथीहरू मिलेर यसको आयोजना गर्ने ।
    -प्रशस्त मात्रामा स्वच्छ पानी पिइरहनुहोस् र पानीको बोतल सधैँ साथमै राख्ने । ग्यास्ट्रिक बढ्ने, युरिक एसिड, पिसाबका समस्याको त यसले मात्रै नै रोकथाम गर्दछ ।  चिल्लो तथा तारेका खाना, अस्वस्थकर प्याकेटका जंकफुड, फास्टफुड, विकृत पारिएका मांसाहार, रातो मासु, मिठाई, मासु, घिउ, रक्सी, नुनिला र मसलेदार खाना आदिप्रति सचेत रहने । यस्ता खाद्य सकेसम्म आफू पनि नखाने र अरूलाई पनि नखुवाउने । कोची–कोची नखाने ।
    -धूम्रपान, मद्यपान वा लागुपदार्थ आदिबाट टाढै रहने । यिनको कुलतमा फसेका साथीभाइबाट बच्ने ।
    बढी क्यालोरीका तारे–भुटेका मांसाहार खानासँग सधैँ प्रशस्त सलाद, दही, सागपात आदि खाने । सलाद, सुप, तरकारी साग आदि पदार्थहरू मुख्य खानाभन्दा अगाडि खानाले अन्य खाना कम खाइन्छ र कम क्यालोरी शरीरमा जान्छ ।
    -मिठाई, जंक फुड जस्तै, प्याकेट र बोतलका खाजा र पेय पदार्थ एकदमै कम प्रयोग गर्ने । यिनमा भएका विभिन्न केमिकल अखाद्य पदार्थहरू बढी चिल्लो र चिनीले हानि गर्ने भन्ने कुरा त सर्वमान्य तथ्यझैँ भएको छ ।
    -मधुमेहका रोगीले रगतमा सुगरको मात्रा चेक गरिरहने । उच्च रक्तचाप–मधुमेह–रक्तनलीका समस्या, कोलेस्ट्रोल बढेका हृदयाघात र मस्तिष्कघात भएका रोगीका निम्ति रक्सी, धूम्रपान र मांसाहार, चिल्लो वा गुलिया भनेको विषसरह हुने हुनाले एकदमै कम मात्रामा खाने वा नापेर मात्रै खाने ।
    -अनावश्यक ऋण लिएर खर्च नगर्ने । मादक तथा लागुपदार्थको संगतमा लाग्ने, झगडा आदि गर्ने बानीले तनाव बढाउँछ जसले रोग बढाउँछ । त्यसैले तनाव बढाउने कुनै पनि कारणबाट बच्ने ।
    -ढाड–मेरुदण्डमा नसा च्यापिएका बिरामीहरूले बढी बसेर तास खेल्ने वा अन्य खराब पोजिसनमा बस्ने नगर्ने । सुरक्षित ठाउँमा मात्रै चंगा उडाउने, पिङ खेल्ने ।
    सरसफाइमा ध्यान दिने । घरमा एन्टासिड, दुखाइ कम गर्ने र अन्य औषधिका साथमा फस्र्ट एड किट राख्ने ।

दसैँमा पञ्चबलिका नाममा राँगो, बोको, कुखुरा, हाँस, परेवा आदि काट्ने प्रचलन छ, तर स्वस्थकर रहन हामीले दिनुपर्ने पञ्चबलि हुन् :

-मद्यपान, धूम्रपान
-चिल्लो विकृत खाना, जंकफुड
-अत्यधिक तनाव
-रातो मासु, विकृत रूपमा पकाइएका मासु
-अल्छीपन र लापरबाही

दसैँमा जमरा लगाइन्छ । तर, जमरा टाउकोमा लाउनमात्र होइन कि खान पनि हुन्छ । गहुँ, जौ आदिका जमरालाई ‘पृथ्वीको अमृत’ नामले चिनिन्छ । जमरामा शरीर निर्विषीकरण गर्ने, पोषकतत्त्व प्रदान गर्ने, असाध्य मानिएका रोगहसमेत ठीक गर्ने शक्ति भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।

(पौडेल स्पार्क हेल्थ होमका मेडिकल डाइरेक्टर हुन्) नयाँ पत्रिका ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930