बुधबार, चैत्र १५, २०७९

तोकिएकै समयमा संविधान जारी हुँन्छ : प्रम कोइराला, एमाले अध्यक्ष ओली चियापानमा अनुपस्थित

काठमाडौ कात्तिक १०, एमाओवादी नेतत्वको २२ दलीय मोर्चाले दसै, तिहार, नेपाल संवत्, छठ पर्वको अवसरमा आज भृकुटी मण्डपमा आयोजित चियापान तथा sushil-koirala_8शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित उक्त चियापान कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक प्रतिनिधित्वबाट कुनै पनि राजनीतिक दल पछाडि फर्कन नसक्ने बताउँदै समतामूलक समाज निर्माणको आधार नयाँ संविधानले दिने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तैकार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहकार्य र एकताको जरुरी रहेको बताउँदै सबैले त्याग गर्ने हो भने जनताका सामु गरेको प्रतिबद्धताअनुसार नै माघ ८ गते संविधान जारी हुने बाउँनुभएको छ   ।

चियापानमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी, सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, कानुनमन्त्री नरहरि आचार्य, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, प्रवक्ता पम्फा भूसाल, नेकपा मालेका महासचिव सीपी मैनाली, भारतीय राजदूत रञ्जीत रेल,सवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारवादीलगयतको सहभागिता थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930