विराटनगर असोज १९, पूर्वपश्चिम राजमार्गको सप्तरी ९ मा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मे १ ज १६६७ नम्बरको टाटा सुमो गाडीको ठक्करले मोटरसाइकलमा सवार प्रहरी जवान प्रमोदकुमार ठाकुर, उनकी पत्नी संगीता राई र चार वर्षीया छोरी सेजुकाको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाको धनगढी घर भएका ठाकुर इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । ठक्कर दिने गाडी र त्यसका चालक झापाको बुधबारेका गोविन्द आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।