शनिबार, जेष्ठ २७, २०८०

छानविनका लागि संसदीय समिति गठन गर्ने प्रतिबद्धता पछि अवरुद्ध संसद बैठक सूचारु

प्रतिपक्षी दलद्दारा बारा घटनामा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध

काठमाडौ असोज २७,    सडक निर्माणको माग राखी आन्दोलन गर्दा निहत्था स्थानीयमाथि प्रहरीले गोली प्रहार गरेको भन्दै उक्त घटनाबारे संसदीय समिति गठन गरि bamdaveछानविन गर्न माग गर्दै एमाओवादी लगायतका प्रतिपक्षी दलद्दारा अवरुद्ध गरेको संसदकोआजको बैठक सरकारको तर्फबाट गृहमन्त्री बामदेव गौतमले बारामा भएको घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाए पछि संसदको बैटक सूचारु भएको छ ।

यसअघि बारामा भएको घटनामाथि संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलले व्यवस्थापिका–संसद्को आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नहुँदै  प्रतिपक्षीदल एमाओवादीलगायत विपक्षी दलका सभासद् आफ्नो स्थानबाट उठ्दै  बैठक अवरुद्ध गरेका थिए ।  ।  त्यसपछि  सभामुख सुवासचन्द्र नेम्वाङले मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिनुभएको थियो ।

 बैठकमा बोल्दै अध्यक्ष यादवले लोकतन्त्रमा जनताले आफ्ना कुरा राख्दा छातीमा गोली हान्ने काम भएको भन्दै सरकारको आलोचन सहित बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा सडक निर्माणको माग राखी आन्दोलन गर्दा निहत्था स्थानीयमाथि प्रहरीले गोली प्रहार गरेको भन्दै उक्त घटनाबारे संसदीय समिति गठन गरि छानविन गर्न माग गरेका थिए  ।

त्यस्तै घटनामा प्रहरीको गोली बाट मत्युवरण गरेका जयनारायण पटेल सहिद घोषणा, उनको परिवारलाई उचित क्षतिपूर्ति, सहित मृतककै नामबाट सडकको नामकरण तथा घाइतेको उपचार र राहतको माग गर्नुभएको थियो । त्यसपछि प्रतिपक्षी सभासद्हरू आफ्नो स्थानबाट उठेपछि सभामुख नेम्वाङले सदनमा उठेका विषयमा सरकार र विपक्षी बसेर तत्काल निष्कर्षमा पुग्न ध्यानाकर्षण गराउँदै आधा घण्टाका लागि बैठक स्थगन गर्नुभएको थियो ।

   

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930