शुक्रबार, अशोज ५, २०८०

छठपर्वले धार्मिक सहिष्णुता र सामाजिक सदभाव अभिवृद्धि गर्न सफलता मिलोस् : राष्ट्रपति डा यादव

काठमाडौ कात्तिक १२, सूर्य देवको उपासना गरि मनाइने छठका पर्वको अवसरमा राष्ट्रपति डा रामवरण यादवले एक शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा tbb_20325_ram baranरहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उहाँले विभिन्न जातजातिका विभिन्न पर्व नै समग्र मुलुकको सांस्कृतिक पहिचान बनेका र यस्ता पर्वले विभिन्न जात, धर्म तथा सम्रप्रदायबीच आपसी मेलमिलाप र भाइचारा अभिवृद्धि गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकता मजबुत पार्न सहयोग पुगेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ

त्यस्तै सन्देशमा देशमा तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता, अक्षुणता कायम रहोस्, देशले शान्ति तथा आर्थिक समृद्धि हासिल गरोस्, छठ पर्व सांस्कृतिक रुपमा नेपालको परिचय बन्न सकोस् भन्दै प्रस्तुत पर्वले सामाजिक सदभाव अभिवृद्धि गर्न सफलता मिलोस् भन्नेकामना गनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930