धादिङ असोज २२, गोरखाबाट काठमाडौँ आउँदै गरेको ग१ख ४८३९ नम्बरको यात्रुबाहक बस बुधबार दिउँसो पृथ्वी राजमार्गको बेल्खु खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारार्थ काठमाडौँ पठाइएको बुझिएको छ ।