शुक्रबार, भदौ ३, २०७९

खेलाँचीमा हालेको टेन्डरबाट उनले नेपालमा पहिलो केबुलकार भित्र्याए

लक्ष्मणबाबु कुनै पनि काम गर्दा पहिला सहमति गरेर अघि बढ्ने गर्थे। सहमति हुन नसके पेलेरै भए पनि काम अघि बढाउनुपर्छ मान्यता राख्थे।

 काठमाडौं-  ५४ वर्षअघि त्रिचन्द्र क्याम्पसबाट स्नातक सकाएपछि लक्ष्मणबाबु श्रेष्ठको आँखा गोरखापत्रमा छापिएको टेन्डर नोटिसमा पर्यो५। एक रुपैयाँको टिकट टाँसेर रामपुरको कृषि फार्मको टेन्डर भरे। त्यही एक रुपैयाँको टेन्डरबाट व्यापारमा हात हालेका उनले व्यावसायिक साम्राज्य नै खडा गरे। खेलाँचीमा हालेको टेन्डरबाट उनले नेपालमा पहिलो केबुलकार भित्र्याए, जो मुलुकलाई नै चिनाउन सफल भएको छ।  बुबाले स्नातक सकाएपछि खेलाँचीमा टेन्डर भर्नुभएको रहेछ। एक रुपैयाँको टिकट लाग्ने lbsभनेर भरेपछि वास्ता नगरेको भन्दै प्रहरीले डेरामै आएर लगेछ, कान्छा छोरा राजेशबाबुले भने, टेन्डर परेर वास्ता नगरेको भनेर कारबाही गर्न खोजिएको थियो।
तर बुबाले आफूसँग पैसा नभएको र खेलाँचीमा टेन्डर हालेको भनेपछि कृषि फार्मका तात्कालीन निर्देशक चन्द्रवीर गुरुङले अग्रिम (एडभान्स) पैसा दिएर काम थाल्नुभएको थियो। स्नातक सकेपछि उनले प्रहरीको जागिरमा लाग्ने सोच बनाएका थिए। इन्स्पेक्टरको लागि आवेदन दिएका लक्ष्मणबाबु छानिए पनि। तालिम लिन भारतको पुना जानुअघि माइला दाइ चुडानारायणलाई जानकारी गराउँदा उनले आपत्ति जनाए। चुडानारायणले खानदानमा कसैले नखाएको जागिरमा भाइ नलागोस् भन्ने चाहन्थे। दाजुले व्यवसायमै लाग्न आग्रह गरेपछि लक्ष्मणबाबुले तालिम जाने सोच त्यागेछन्।
जागिर खाएको भए म आइजिपी हुन्थेँ, लक्ष्मणबाबु बेलाबेलामा छोराहरुसँग भन्थे। प्रहरीको जागिर नगरी व्यवसाय सुरु गरेका उनी व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बनाएर अस्ताए। तर उनले सुरु गरेको व्यवसायमा हजारौंले रोजगारी पाएका छन्। चितवन कोई समूहअन्तर्गत हाल ५ सय स्थायी र ४ हजारभन्दा बढीले ज्यालादारीमा रोजगारी पाइरहेका छन्।
चितवन कोइले ठूलठूला पूर्वाधार निर्माण गरेको छ। क वर्गको यो निर्माण कम्पनीले पोखराको पाँचतारे होटल फूलबारी रिसोर्ट, नारायणी सिँचाइ आयोजना, गण्डकी अञ्चल अस्पताल, मणिपाल कलेज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक एप्रोन (ह्यांगर) लगायत दर्जनौं पूर्वाधार निर्माण गरेको छ। कुनै पनि पूर्वाधार निर्माणको काम गर्दा गुणस्तरलाई ध्यान दिनुपर्छ भन्ने मान्यता उनको थियो।  कामप्रति उहाँको लगनशीलतानै सफलताको कारण हो, चितवन कोइका प्रबन्धक विरेन्द्र श्रेष्ठले भने, हामीलाई काम गर्दा गुणस्तरमा सम्झौता नगर्न सधैं सम्झाउनुहुन्थ्यो।  कम्पनीले निर्माण गरेको पूर्वाधारमा गुणस्तरको प्रश्न कमै मात्रै आयो। आफ्नो व्यवसायलाई दोस्रो परिवारको रुपमा लिने श्रेष्ठ कर्मचारी र सदस्यलाई आफ्नै परिवारको रुपमा हेर्थे। त्यसैले उनको निधनमा कम्पनीका चारजना कर्मचारीले कपाल खौरिए। मिर्गौलाको डायालिसपछि पनि उनी साताको एकपटक मनकामना केबुलकार जान्थे। पछिल्लो समयमा केबुलकार जाँदा कर्मचारी सबैलाई बोलाएर सँगै खाना खाने गरेका थिए।
कर्मचारीलाई सधैं सञ्चो बिसन्चो सोध्ने र हौस्याइरहने गर्नुहुन्थ्यो, ३४ वर्षदेखि काम गर्दै आएका श्रेष्ठ भन्छन्, उहाँको निधनले अभिभावक गुमाएका छौं। श्रमलाई सधैं पुज्ने परिपाटीको विकास गरेका लक्ष्मणबाबुले व्यवसायलाई कहिले पनि अवमूल्यन नगर्ने र समयमै परियोजना सम्पन्न गर्ने गर्थे। व्यवसायमा घाटा भए पनि गुणस्तरमा कहिले पनि सम्झौता नगर्ने उनको सिद्धान्त नै थियो भन्दा फरक पर्दैन। एउटा सफल व्यवसायीरउद्यमी हुनलाई टिमवर्क आवश्यक हुन्छ। लक्ष्मणबाबु पनि सुरुवाती चरणदेखि टिमवर्कको अवधारणाबाट अलग रहेनन्। घरपरिवारको साथ सहयोगसँगै पछिल्लो समय उनको व्यवसायमा टिमवर्कको ज्वलन्त उदाहरणका रुपमा उनका छोराहरु राजुबाबु, रोसनबाबु र राजेशबाबु देखा परे। उनीहरुले समूहअन्तर्गतको विभिन्न व्यवसाय सम्हालेका छन्। लक्ष्मणबाबु दैनिकजसो दुई छोरास“ग व्यवसायको छलफल गर्ने। निर्माण र उद्योग क्षेत्रमा निरन्तर अनुगमन तथा कर्मचारीलाई समयमा निर्देशन दिने र टिमवर्कमा विश्वास गर्ने उनको बानी थियो। पढन डाँडाकाडा कटेर आउँदा उनी बादलजस्तै वारिपारी गर्न पाए हुन्थ्यो भनेर कल्पना गर्थे।  त्यही कल्पनालाई उनले केबुलकार ल्याएर साकार बनाए।
उनको बादलजस्तै हुने कल्पना २०५५ साल मंसिर ८ गते साकार भयो नेपालको पहिलो केबुलकारको सञ्चालनबाट। त्यही केबुलकारले मनकामना मन्दिरलाई मात्रै होइन नेपाललाई नै चिनाएको छ। उनले ल्याएको अवधारणाबाट हजारौंको रोजीरोटी चलेको छ। मनकामना क्षेत्र नै परिवर्तन भएको छ। केबुलकार निर्माण सुरु गर्दाताका मनकामनामा वार्षिक एक लाख हाराहारी दर्शनार्थी जान्थे। अहिले वार्षिक नौ लाख भन्दा बढी पुग्छन्। केबुलकार आम्दानीको एकरएक प्रतिशत गोर्खाको मनकामना र चितवनको दारेचोक गाविसले पाउँछन्। केबुलकार सञ्चालन गर्दा नै लक्ष्मणबाबुले ती गाविसलाई आम्दानीको एक/एक प्रतिशत रकम दिने घोषणा गरेका थिए।
कुनै पनि क्षेत्रमा काम गर्दा स्थानीय लाभान्वित हुनुपर्छ भन्ने मान्यता उनको थियो। त्यही मान्यताका कारण उनले थालेका परियोजना सफल मात्रै भएनन् स्थानीयको नजरमा हाइहाइ भए। मनकामना र दारेचोक गाविसले केबुलकारबाट आउने रकम विकास निर्माणमा प्रयोग गर्न पाएका छन्। केबुलकार सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले र दारेचोक गाविसमा स्वास्थ्य चौकी, खानेपानी, पिछडिएका ६ जनाचेपाङ बालबालिकाको अध्ययन लगायतमा पनि सहयोग गर्दै आएको छ।
बुबा कुनै काम गर्दा स्थानीय जनतालाई प्राथमिकतामा राख्नुपर्छ भन्नुहुन्थ्यो। उहाँले कुनै परियोजना सुरु गर्दा स्थानीयलाई लाभान्वित बनाएर अघि बढाउनुभयो,ु छोरा राजेशबाबु भन्छन्, स्थानीय आर्थिक रुपमा बलियो भएपछि परियोजना पनि सफल बनेको छ। पुर्ख्यौली कपडा पसलबाट उनले निर्माण, केबुलकार हुँदै दुग्ध उद्योगमा समेत हात हालेका थिए। उनी देश सुहाउँदो उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने मान्यता राख्थे। उनले पर्यटन, कृषि र जलविद्युतलाई लगानीको प्राथमिकता क्षेत्र बनाए।
व्यवसाय सुरु गर्दा देश सुहाउँदो गर्नुपर्छ भन्नुहुन्थ्यो, राजेशबाबुले बुबाको भनाइ उद्धृत गरे, अर्धप्रशोधित वस्तु उत्पादन गरेर मुलुकलाई फाइदा हुँदैन। हामीले मुलुकलाई बढी लाभ दिने वस्तु, सेवामा लगानी गर्नुपर्छ। लक्ष्मणबाबुले गाउँका जनतालाई समृद्ध बनाउने मान्यतासहित चितवनमा दूध उद्योग खोलेका थिए।  कृषिप्रधान देश भन्ने तर कृषिजन्य उद्योग नभएकोमा चिन्तित हुनुहुन्थ्यो। सहरको पैसा गाउँ पुर्या उनुपर्छ भनेर उहाँले यो उद्योगमा जानुपर्छ भन्नुभएको हो, राजेशबाबुले भने, गाउँको कच्चा पदार्थ सहर गएर प्रशोधित भई गाउँमै पैसा जाने भएकोले असहज परिस्थितिमा पनि यो उद्योग खोलेका हौं। यसले राहुल ब्रान्डमा दूध, घिउलगायत विभिन्न परिकार उत्पादन गरिरहेको छ।  दूध उद्योगमा जानुमा पनि लक्ष्मणबाबुकै बढी जोडबल रहेको नजिकका जानकार बताउँछन्। दूध उद्योग स्थापना गर्न सके किसानको जीवनस्तर उकास्न सकिन्छ भन्ने उनको बुझाइ थियो। सार्वजनिक–निजी साझेदारीमा स्थापित यो उद्योगले किसानको जीवनस्तर उकास्न  महत्वपूर्ण योगदानसँगै आयातित पाउडर दूधको खपत घटाउनसमेत योगदान दिएको छ।
उनले व्यावसायिक निष्ठामा कहिल्यै पनि सम्झौता गरेनन्। व्यावसायिक निष्ठामा सम्झौता नगरेकोले उनको शीर मन्त्रीदेखि प्रशासक कोहीसँग झुकेन। केबुलकार सुरु गर्न लाग्दा सरकारी तहबाट भएको अवरोधका बेला उहाँले तात्कालीन मन्त्रीदेखि प्रशासकसम्मलाई हप्काउनुभएको थियो,उनले भने, निष्ठाका कारण कुनै डरत्रास नभएको हो।लक्ष्मणबाबु कुनै पनि काम गर्दा पहिला सहमति गरेर अघि बढ्ने गर्थे। सहमति हुन नसके पेलेरै भए पनि काम अघि बढाउनुपर्छ मान्यता राख्थे। उहाँ सहमतिमा विश्वास राख्नुहुन्थ्यो। राम्रा काम गर्दा पनि सहमतिमा नआए पेलेरै अगाडि बढ्नुहुन्थ्यो, राजेशबाबुले भने, सरल र हक्की भएकोले सफलता प्राप्त भएको हो।  यही सफलताका कारण उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पनि पाए। २०५६ सालमा सुप्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भएका थिए। सन् १९९९ मा नेपाल व्यवस्थापन संघबाट मेनेजर अफ द इयरु, सन् २००२ मा पेरिसस्थित वर्ल्ड क्वालिटी कमिटमेन्टबाट इन्टरनेसनल गोल्डस्टार अवार्ड, सन् १९९९ मा इन्टरनेसनल फेडरेसन अफ एसिया एन्ड वेस्टर्न प्यासिफिक कन्ट्राक्टर्स एसोसिएसनबाट इफाप्का गोल्ड मेडल अवार्डद्वारा सम्मानित भए।
सन् २०१३ मा अस्ट्रियाका राष्ट्रपतिले उनलाई द अस्ट्रियन डेकोरेसन अफ अनर इन गोल्डु सम्मान दिए। यो सम्मान पाउने उनी पहिलो नेपाली हुन्। अस्ट्रियाका लागि अवैतनिक महावाणिज्यदूतसमेत रहेका लक्ष्मणबाबु जलविद्युत परियोजना अघि बढाउने जिम्मा छोराहरुलाई दिएर अस्ताएका छन्।
लक्ष्मणबाबुको चाहना नेपालमा अन्यत्र पनि केबुलकार बनाउने थियो। मनकामनाको सफलताकै कारण पोखरामा केबुलकार निर्माण गर्ने योजना उनले बनाएका थिए। अब केबुलकार निर्माण अघि बढाउने जिम्मा छोराहरुको काँधमा छ।  पोखरामा केबुलकार निर्माण गर्ने चाहनालाई मूर्तरुप दिनुपर्नेछ, राजेशबाबुले भने, यो बाहेक माथिल्लो मर्स्याङ्दी निर्माणलाई पनि अघि बढाउनु छ। यही समूहअन्तर्गतको सगरमाथा पावर कम्पनीले चीनको सिनो हाइड्रो कर्पोरेसनसँगको सहकार्यमा माथिल्लो मर्स्याङ्दी निर्माण थालेको छ।
नेता बन्ने चाहना : विद्यार्थीकालदेखि नै लक्ष्मणबाबु राजनीतिमा चासो राख्थे। उनले जिल्ला तहमै बामपन्थी राजनीति सुरु गरेका थिए। गोरखा जिल्ला समिति सदस्य भएका लक्ष्मणबाबुलाई २०४६ सालतिर निर्वाचन लड्नसमेत प्रस्ताव आएको थियो। विद्यार्थीकालमा अध्ययनको लागि छुट्टी माग्दा नदिएपछि निष्त्र्किय रहेका उनले गोरखामा निर्वाचन लड्न आएको प्रस्ताव अस्विकार गरे। व्यवसायमा लाग्न प्रेरणा दिने माइला दाइकै आग्रहमा उनी चुनाव लडेनन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको संगतले लक्ष्मणबाबुमा राजनीतिप्रति मोह जागेको थियो। बुबाले कपडा किन्न रक्सौल पठाएका बेला दारी पालेको, मैलो कपडा लगाएको मान्छेले उनलाई पछाडिबाट बोलायो। त्यो बोलाउने मान्छे अरु कोही नभएर पुष्पलाल थिए। एक सातादेखि खाना नखाएको भनेपछि लक्ष्मणबाबुले कपडा किन्न लगेको पैसा पुष्पलाललाई दिएर फर्के। उहाँको राजनीतिप्रति झुकाव थियो। विद्यार्थीकालदेखिनै बामपन्थी राजनीतिमा रुचि राख्नुभयो। तर विद्यार्थीकालबाटै उहाँले राजनीति त्याग्नुभयो,ु छोरा राजेशबाबुले भने, विद्यार्थीकालमै पढन नपाएपछि राजनीति छोडेर हिँड्नुभएको हो।
nagariknews.com बाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930