बिहिबार, भदौ २, २०७९

कुमारी विवाह प्रथाको भ्रम र यर्थात

पहिलो कुमारी हीरामैया देखि मतिना शाक्य सम्म

कुमारी विवाह परम्परामा हुदै आएको बन्देजको विरोध गर्दै कुमारीले पनि स्वतन्त्र जीवन जिउन पाउनुपर्ने माग सहित अधिकारकर्मीहरुले आवाज उठाएकै कारण अहिले कुमारीलाई बिहेगर्न छुट दिइएको बुझिएको छ ।

-श्रीजन झा 

कुमारी पूजा गर्ने चलन नेपालका लागि नौलो भने होइन । कुमारी पूजाको प्रथा गुणकामदेवको पालामा सुरु भएको मानिए तापनि नेपालका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले यो प्रथाको विकास गरेको स्पष्ट इतिहास पाइन्छ । दुई सय पचास वर्षको इतिहासमा राजा जयप्रकाश मल्लले श्रीकुमारीको प्रयोजनार्थ छुट्टै मन्दिरको व्यस्था अर्थात

कुमारी घर बनाएर राज्य बलियो पार्न कुमारी पूजा गर्नुपर्ने चलन चलाएका विज्ञहरुले बताएका छन ।

सोहि परम्परा अनुरुप कुमारीलाई जीवित देवीका रुपमा पूजा गर्ने चलन कायम हुँदै आएको विज्ञहरुको अभिमत रहेको छ । यस वीचमा पनिविशेष गरि गरी नेवार समुदायभित्र पनि शाक्य थरका बालिकालाई मात्रै कुमारीको रुपमा छान्ने चलन छ । काठमाडौका १८ बहालभित्र बसोबास गर्ने शाक्यकी छोरी मात्र कुमारी बन्ने परम्परा रहिआएको छ । तीन वर्ष देखि माथिका बालिकाहरु मात्र कुमारीका लागि योग्य मानिन्छ ।

कुमारी पूजा हिन्दू परम्पराको एउटा उपज हो तर पनि शाक्य थरकी नेपाली बौद्ध धर्मकी बालिकालाई मात्रै कुमारी बनाउने अनौठो चलन नेपालमा लोकप्रिय रहनुको अलावा महत्वपूर्ण मानिदै आएको छ । जुन धार्मिक सहिष्णुताको प्रतिविम्वनै मान्न सकिन्छ । कुमारी बन्न त्यति सजिलो भने छैन । पा“च जना बज्राचार्य बुद्धिष्ट समुदायका पुरोहितले बनाएका आचारसहिंता अनुसार नै कुमारी छनोट गर्ने परम्परा छ । एकपटक कुमारी प्रारुपमा पुजिएको वालिकाको मासिक धर्म अर्थात् रजस्वला नहुदासम्म कुमारी नै रहन्छीन । यदि नयाँ कुमारी छनौट गनु परेको अवस्थामा निश्चित मापडण्डको पनि व्यवस्था गरिएको बुझिएको छ ।

(बसन्तपुरस्थित कुमारी घर)

त्यस्तै इन्द्रजात्राको अवसरमा श्रीकुमारीको रथ यात्रा चलाएर एउटा नव परम्पराको शुभारम्भ गरे पश्चात् नै आम जनसमुदाय र श्रीकुमारीको बीच धार्मिक ,सामाजिक र सांस्कृतिक रुपमा समेत गहिरो आस्था र सम्बन्ध कायम भएको प्रष्ट बोध हुन्छ र त्यसपछिनै इन्द्रजात्रापर्वले विशेष प्रकारको थप आयाम प्राप्त गरेको तथ्यलाई नकार्न सकिदैन । राजा जयप्रकाश मल्लले श्रीकुमारी भवानीको मन्दिर निर्माण एवम् इन्द्रजात्रा दिन कुमारीलाई रथमा राखेर शहर परिक्रमा गराउने चलनलाइ निरन्तरता दिइएको हो जुन यद्यपी कायम रहिआएकोछ ।

यद्यपी नेपालमा मल्लकालीन समय देखिनै कुमारी पूजा र जात्राको परम्पराको सुरवात भए पनि यस विचमा को–को बालिकाहरु जिवितदेवी कुमारीको प्रारुपमा प्रतिस्थापित भए त भन्ने प्रष्ट अभिलेख राख्ने कार्यको आरम्भ भने वि।स। १९७९ देखिमात्र सुरु भएको शोधकर्ताहरुले बताएका छन । पहिलो पटक १९७९ सालमा हीरामैया शाक्यलाई पहिलो कुमारीका प्रारुपमा प्रतिस्थापित गरिएको थियो । त्यस पछि अहिलसम्म जीवित देवीका रुपमा १६ जना वालिका कुमारी भइसकेका जानीफकारहरुले बताएका छन ।

कुमारी र विवाह :
कुमारी भइसकेपछि बिहे गर्न नपाइने परम्परा रहेपनि हीरामैया शाक्यदेखि अहिलेकी तीन वर्षिय मतिना शाक्यसम्म।आइपुग्दा मतिनाबाहेक जम्मा चार जना कुमारीहरुले मात्रै विवाह गरेका छैनन् । अरु सबै कुमारीको भने विवाह भइसकेको बुझिएको बताएका छन । देशकाल र समयको माग अनरुप विद्यमान व्यवस्थामाथि क्रमभङग गर्दै कुमारी बिहेको परम्परागत सुरुवात गरिएको थियो । यस विचमा कुमारी विवाह परम्परामा हुदै आएको बन्देजको विरोध गर्दै कुमारीले पनि स्वतन्त्र जीवन जिउन पाउनुपर्ने माग सहित अधिकारकर्मीहरुले आवाज उठाएकै कारण अहिले कुमारीलाई बिहे गर्न छुट दिइएको बुझिएको छ ।

यसै प्रसङमा लन्डनका लेखिका इसावेला ट्किाले आफ्नो चौथो पुस्तक दी लिभिङ गडेजमा कुमारी विवाह प्रसङग तथा कुमारी प्रथाका विषयमा उनले कुमारीको विषयमा अनुसन्धान गर्न सघाउने विÈयविज्ञ काशीनाथ तमोटललार्इ धन्यवाद दिदै लेखिकी छिन सन् १९८३ मा स्कुलको पढाइ सकेर फुर्सदको समयमा तीनजना साथीसङग काठमाडौं आएकी थिए“, हामी त्यसवेला फ्रिक्रस्टिट (झोछे) मा कोठा लिएर बसेका थियौ संयोग वस त्यो क्षेत्र जीवित देवीको घर नगिचै थियो । त्यसवेलानै मैले पूर्वकुमारी रश्मिला शाक्यलाई भेटे । त्यो भेटको आधारमा मैले बेलायतको सन्डे टाइम्सलाई एउटा लेख पनि लेखेको बताइएकी छिन ।

(सम्मान पछि सामूहिक तस्विरमा पूर्वकुमारीहरु)

त्यस्तै सन् २००१ मा राजदरबार हत्याकाण्ड हुनुअघिसम्म मैले कुमारीबारे पुस्तक लेख्ने सोचेकी थिइन“। म कुमारी र राजाहरुको सम्बन्धबारे जान्न चाहन्थे“ किन देशको सबैभन्दा शक्तिशाली हिन्दू शासकले घुँडा टेकेर सानी बौद्ध केटीसङग  शासनको अनुमति माग्ने गर्थे । कसरी यो पद्धति आजको दिनसम्म पनि निरन्तर रह्यो भन्ने थाहा पाउन म ज्यादै उत्सुक थिए।
र स्वाभाविक रुपमा एक पश्चिमा व्यक्तिका निम्ती एकजना जीवित व्यक्तिलाई देवीका रुपमा पुज्नु अनौठो पर्व हो । हामी हाम्रो मुलकमा जुन परिस्थतीमा थियौ त्यो स्थिती भन्दा एकदम पृथक प्रारुपमा नेपालको शक्तिशाली र विस्मयकारी छवि भएका मातृ शक्ति भएको संस्कृतिबारे थाहा पाउनु र यसले समाजमा पार्ने प्रभावबारे बुझ्नु मेरा निम्ति रोमाञ्चक अनुभूति थियो र मैले आङ्खनै संस्कृतिलाई आधारभूतरुपमै कति पितृसत्तात्मक छौं भनेर एउटा भिन्न आलोकमा अवलोकन गरे– कसरी हाम्रा महत्व पूर्ण प्राचीन मातृशक्ति स्थलमा गिर्जाघर स्थापना गरेर धेरै अगाडि हाम्रो मातृशक्ति परम्परालाई ध्वस्त पारियो र बिर्साइयो भन्ने बुझ्न पाए । हामीले मातृशक्तिको अवधारणँलाई सम्पूर्ण रुपमा बिसिर्यौं र यो हाम्रो समाजमा बाल दुव्र्यबहार र महिला हिंसाका रुपमा राम्रैसङग प्रतिविम्बित पनि भएको छ ।

दी लिभिङ गडेज सुरुमा आख्यानका रुपमा लेख्न थालेकी थिए तर तत्कालै मलाई आख्यानभन्दा यो गैर आख्यानमै चित्ताकर्षण हुन्छ र त्यसरी नै लेख्नुपर्छ भन्ने महसुस भएको जिकिर गर्दै आफ्नो पुस्तकमा उनले । कुमारी र यससङग सत्यकथा मैले बताउनै पर्छ भन्ने लागेपछि आख्यानबाट गैरआख्यानमा लाग्ने सोच सहित पुस्तकको माध्यमबाट एकातिर यस विषयमा रहेका हल्लाको अन्त्य गर्नु थियो भने अर्र्कोतिर यो परम्पराबाट हामीले के सिक्न सक्छौं भनेर सिंगो संसारलाई बताउन लक्ष्य अनुरुप पुस्तक तथ्यमा आधारित र वास्तवमै होसियारीपूर्वक अनुसन्धान गरेर लेखिएको उल्लेख गरेकी छिन ।

त्यस्तै विशेषगरि उनले यस पुस्तकमा कुमारी परम्परासङग जोडिएका धेरै असत्य हल्लाहरुलाइ चिर्दै पूर्वकुमारीले कहिल्यै विवाह गर्दैनन्, जसले यी पूर्वजीवित देवीलाई विवाह गर्छ उसको नराम्रो सङग रगत बान्ता गरेर मृत्यु हुन्छ भन्ने जस्ता भ्रामक यर्थाततालाइ चिरेको बताएकी छिन । साथै कुमारीको अवधि सकिएपछि तिनीहरुलाई परित्याग गरिन्छ वा देहव्यापारका लागि मुम्बई वा बैंककमा लगिन्छ वा कुमारी रहेका बेला तिनलाई लागुऔेषध खुवाइन्छ, दुव्र्यवहार गरिन्छ वा भोकभोकै राखिन्छ । मान्छेहरुले यसो भनेको म अहिले पनि सुन्दै छु । हो मइले यो पुस्तको माध्यमबाट यी भ्रामकहल्लाहरु निस्तेज पार्ने प्रयास गरेकी उल्लेख गरेकी छिन ।

अन्तमा इसावेलाले भनिन प्राय : सोच्ने गर्छु बेलायतका प्रधानमन्त्रीले प्रत्येक वर्षिय एउटी बालिकासङग यसैगरी झुकेर शासनको अनुमति माग्दाको क्षण् कति सुखद हुन्थ्यो होला । वास्तवमा सबैले र विशेष गरी शक्तिमा रहेका प्रहरी, सेना, राजनीतिज्ञ, बैंकर, लगायतका पूरुषहरुले  नियमित रुपमा बालिकाको पाउमा शिर राख्ने हो भने यो संसार कत्ती धेरै परिवर्तन हुन्थ्यो होला ।

{ विशेष गरी शक्तिमा रहेका प्रहरी, सेना, राजनीतिज्ञ, बैंकर, लगायतका पूरुषहरुले  नियमित रुपमा बालिकाको पाउमा शिर राख्ने हो भने यो संसार कत्ती धेरै परिवर्तन हुन्थ्यो होला }

यसैक्रममा काठमाडौं महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमको तर्फबाट आठजना पूर्व कुमारीमाँँहरुलाई मासिक रु १०,००० का दरले  वार्षिक रु १२०,०००। गरी आठ जनालाई  रु ९,६०,०००। श्रीपद सम्मान दिन हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रले सुरु गरेको छ । वर्ष २०७१ को इन्द्रजात्रा पर्वको अवसरमा प्रस्तुत कार्यक्रम अन्र्तगत यस अघि जिवीत देवीको रुपमा पुजिएको पूर्व श्री कुमारीलाइ एक कार्यक्रमकावीच श्रीपद सम्मानबाट सम्मानीत गरिएको हो । सम्मान कार्यक्रममा सम्मानीत हने पूर्व कुमारीहरुमा क्रमस श्री नानी शोभाशाक्य, श्रीहर्षलक्ष्मी शाक्य, श्री नानीमयजु शाक्य, श्री सुनिना शाक्य, श्री अनिता शाक्य, श्री रश्मिला शाक्य, श्री अमित शाक्य र श्री प्रितीशाक्य रहेको हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । त्यसो त बाहलवाला श्री कुमारी मतिना शक्यका लागी पनि काठमाडौं महानगर पालिकाले मासिक ४० हजार र कौषी तोषाखानाको तर्फबाट मासिक ६ हजार उपलब्ध गराउँदै आइरहेका छन ।

सम्मानीत भएका पूर्व कुमारीहरु

१. श्रीनानीशोभाशाक्य -वि.सं. १९९९—२००६ सम्म श्रीकुमारी भवानीमाप्रतिस्थापितहुनुभएको थियो । प्रतिस्थापितहुनु भएकी थियो । उहाँको स्थानीय इतुम्बहालका बुद्धरत्न शाक्य सङग विवाहभई ४ छोरी र २ छोरा छन् ।

२. श्रीहर्षलक्ष्मीशाक्य – वि.सं.२०१२—२०१८० सम्म श्रीकुमारी भवानीको रुपमा प्रतिस्थापित हुनुभएको थियो । उहाँको भक्तपुरमा विवाह भई २ छोरा छन् । हाल उहाँ नरसिङ पेसामा कार्यरत हुनुहुन्छ ।

३.श्रीनानीमय्जु शाक्य -वि.सं. २०१२—२०१८० सम्म श्रीकुमारी भवानीमाप्रतिस्थापित हुनुभएको थियो । उहाँको विवाह श्रीअमृतकाजी संग भई १ छोरा र २ छोरी छन् ।
उहाँ हाल औषधी व्यवसायमा संलग्नहुनु हुन्छ ।

४. श्री सुनिनाशाक्य९वि।सं। ९२०२६—२०३५० सम्म श्रीकुमारी भवानीमाप्रतिस्थापितहुनुभएको थियो । उहाँको विवाह बनेपाका श्रीअणुरत्नशाक्यसंग भई १ छोरा र १ छोरी छन् ।

५. श्री अनिता शाक्य९वि।सं। ९२०३५—२०४१० सम्म श्रीकुमारी भवानीमाप्रतिस्थापितहुनुभएको थियो । उहाँको जन्माश्रीखण्ड तरुमूलश्री महाविहार मरुटोलमाभएको थियो । उहाँ अविवाहित हुनुहुन्छ ।

६. श्री रश्मिला शाक्य – वि.सं-२०४१—२०४८० सम्म श्रीकुमारी भवानीमा प्रतिस्थापित हुनुभएको थियो ।

७. श्री अमिता शाक्य- वि.सं.  २०४८—२०५८ सम्मश्रीकुमारी भवानीमा प्रतिस्थापित हुनुभएको थियो ।

८. श्री प्रीतिशाक्य  वि.सं -२०५८—२०६५ सालमाश्री कुमारी भवानीको रुपमाप्रतिस्थापनहुनु भएको थियो ।
प्रस्तुत अभिलेख प्राप्त प्रमाणिक दस्तावेजको आधारमा प्रस्तुत गरिएको छ ।

प्रस्तुत लेख क्राइम टुडेको वर्ष ९ अङक ३ भाद्रको अङकमा प्रकाशित रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930