शुक्रबार, मंसिर १५, २०८०
Dashain

कहिँ नभएको जात्रा सम्पन्न

काठमाडौं असोज २३, काठमाडौंको हाँडी गाउँमा  मनाइने कहिँ नभएको जात्रा आज सम्पन्न भएको छ । यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । देवताको खटलाई डोरीले खटलाई घुमाएर जात्रा गर्छन् ।यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा भनिएको हो ।

हाँडी गाउँको जात्राको प्रसङगमा कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने सन्दर्भमा एउटा किंवदन्ती पनि छ । एकपटक गर्भवती भएका दुई दिदीबहिनी एकान्त स्थान बसेर कुराकानी गर्दै थिए । दिदीले भनिछ ‘बच्चा जन्माउन धेरै गाह्रो हुने हो कि रु मेरो त नारायण देवता सहारा हुनुहुन्छ उहाँकै भरोसा लिइरहेकी छु’ यो कुरा सुनेर बहिनीले भनिछ, ‘भगवान् सगवान् आएर बच्चा जन्माइदिने हो र रु मैले त आफैले बच्चा जन्माउन सक्छु भनेर घमण्ड गरिछन ।’

समय भएपछि दिदीचाहिंले सजिलैसँग बच्चा जन्माइन् रे । अनि देवतालाई विश्वास नगर्ने बहिनीचाहिँले १२ महिना भए पनि बच्चा जन्माउन सकिनन् रे । ज्योतिषीलाई देखाउँदा बहिनीले भगवानलाई विश्वास नगरेको र अपमान पनि गरेकाले त्यस्तो भएको हो, देवतासँग माफी माग्नुपर्छ भनेछ । ज्योतिषीको सल्लाहअनुसार बहिनीले नारायण भगवान्लाई खुसी पार्न संसारमा कहीं नभएको जात्रा गर्ने र कतै नभएको फूल चढाउने भाकल गरिन् रे । त्यही समयदेखि हाँडी गाउँमा उल्टो खटको जात्रा गर्ने चलन का सुरुवात भएको हे न्ने जनश्रुती रहेका पाइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930