आइतवार, साउन २९, २०७९

ओशो सिद्धार्थ नेपालमा

काठमाडौं कात्तिक १० / माधव अधिकारी,   ओशो धाराका भगीरथ मानिने ओशो सिद्धार्थ नेपाल यात्रामा आएका छन् । चितवनको सौराहमा सोमबारदेखि शुरु भएको सप्ताहव्यापी अमृत समाधि र दिव्य समाधि ध्यान कार्यक्रम सञ्चालन गर्न उनी निस्केका हुन् ।ओशोधारा गंगोत्रीधामद्वारा आयोजित शिविर शनिबारसम्म चल्नेछ ।६ दिने अमृत समाधि सँगै चल्ने दिव्य समाधि कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानका साधक सहभागी छन् ।

सिद्धार्थको सम्मानमा आइतबार भक्तपुरमा स्वागत कार्यक्रम गरिएको थियो । भक्तपुरको सूर्यविनायक र कौशलटारस्थित ओशोधारा ध्यान केन्द्रले गरेको कार्यक्रममा साधकको उल्लेख्य सहभागिता रहेको थियो ।ओशोधाराको उद्गमस्थलका रुपमा रहेको नेपाल आउन पाउँदा हर्षित रहेको बताउँदै न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे । शनिबार काठमाडौं आइपुगेका उनी सोही दिन धुलिखेलमा आयोजित सत्सङ्ग कार्यक्रममा सहभागी भएका थिए ।ओशो वाटिका बालुवाटारमा आगामी शनिवार सिद्धार्थले एक वृहत सत्सङ्गलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  ओशो सिद्धार्थ, ओशो शैलेन्द्र र ओशो प्रियाले सञ्चालन गरेको ओशोधारको नेतृत्व सिद्धार्थले गर्दै आएका छन् ।ओशोधाराका चारधाममध्ये चितवनस्थित गंगोत्रीधाम पहिलो हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930