शुक्रबार, फाल्गुन १८, २०८०

एमाले सभासद्लाई बैठकमा उपस्थित हुन ह्विप

 काठमाडौ असोज २०, नेकपा एमाले संसदीय दलले असोज २२ गते बुधबार बस्ने संविधानसभा तथा व्यवस्थापिका–संसद्को बैठकमा दलसँग आबद्ध सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक अग्निप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।